कम्युनिष्ट पार्टीहरुको बीचमा सहकार्य हुनुपर्छ : माधव नेपाल

काठमाडौँ । नेकपा (एकिकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशमा कम्युनिष्ट पार्टीका समूह धेरै हुनु दुःखद कुरा भएको धारणा राखेका छन् । उनले धेरै कम्युनिष्ट पार्टीहरु भएपनि ती पार्टीबीच सहकार्य र एकता हुनुपर्ने बताए । उनले अहिले कुन कम्युनिष्ट पार्टी असली पार्टी हो त्यो बुझ्न गाह्रो भइरहेको टिप्पणी समेत गरे । अध्यक्ष नेपालले राष्ट्रियता तथा देशको हितसँग जोडिएका विषयमा कम्युनिष्ट पार्टीहरुबीच सहकार्य गर्न आह्वान समेत गरे ।
कम्युनिष्ट पार्टी स्थापना दिवसको अवसरमा नरबहादुर स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले २०७४ मा कम्युनिष्ट पार्टीले हासिल गरेको हैसियतले धेरै कुरा गर्न सकिने सम्भावना भए पनि त्यसमा चुकेको बताए । उनले भने, ‘कम्युनिष्ट पार्टीहरुले आत्मसमीक्षा गर्ने बेला आएको छ, २०७४ मा कम्युनिष्टले अवसर पाएको थियो तर त्यो अवसर गुम्यो ।’
देश र जनताको हितमा कम्युनिष्टहरु एक हुनुपर्ने कुरामा जोड दिँदै अध्यक्ष नेपालले यो जिम्मेवारी सबैको काँधमा आएको बताए । अर्को एक प्रसंगमा उनले मिटरव्याजी पीडितको बारेमा सरकारले निर्णय गरिसकेको तर पीडितलाई किन सम्झाउन नसकिएको बताए । उनले यसमा षड्यन्त्र हुनसक्ने बताउँदै कम्युनिष्ट सरकारप्रति कुदृष्टि देखाइएको हुनसक्छ आशंका व्यक्त गरे । पूर्वप्रधानमन्त्री समेत रहेका अध्यक्ष नेपालले यो अहिलेको सत्ता गठबन्धन पाँच वर्ष चल्ने धारणा राखे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दुई मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु
-
बुद्धका शिक्षाहरूलाई दैनिक जीवनमा अपनाउँदा मानव जातिको कल्याण हुन्छ : प्रधानमन्त्री
-
मनमोहक मार्फा (तस्बिरहरू)
-
एकीकृत समाजवादीका भ्रातृ संगठनमा किन बल्झिरहन्छ विवाद ?
-
पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
एमालेलाई गुरुङको जग्गादान : सर्वोच्चले कानुनसम्मत देखेको आधार (पूर्णपाठ)