आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय
उपनिर्वाचन

तनहुँ–१ मा मतगणना सुरु

सोमबार, ११ वैशाख २०८०, ०० : ३५
सोमबार, ११ वैशाख २०८०

तनहुँ । तनहुँ १ मा मतगणना सुरु भएको छ । सर्वदलीय बैठक सकिएलगत्तै मतगणना सुरु भएको हो । ।  निर्वाचन कार्यालय प्रमुख हरिप्रसाद ढकालका अनुसार जिल्ला समन्वय समितिको कार्यालयमा मतगणना सुरु भएको हो ।

निर्वाचन क्षेत्रका ६९ वटा मतदान स्थलमा रहेका १५२ मतदान केन्द्रको मतपेटिका संकलन भएपछि सर्वदलीय बैठक बसेको थियो । बैठक सकिएको केहीबेरपछि मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । एक घण्टाको फरकमा मतपरिणाम अध्यावधिक गरिँदै जाने बताइएको छ ।

आइतबार भएको उपनिर्वाचनमा त्यस क्षेत्रमा ६३ हजार ७ सय ५७ मत खसेको थियो। सो क्षेत्रमा १ लाख २३ हजार ३ सय ५ जना मतदाता रहेका छन्। तनहुँ–१ मा कांग्रेसका गोविन्द भट्टराई, एमालेबाट सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट स्वर्णिम वाग्लेबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप