बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिका-नेपाल सहयोगी समाजको अध्यक्षमा जानुकी ओझा बस्नेत निर्वाचित

बुधबार, १३ वैशाख २०८०, १६ : ३१
बुधबार, १३ वैशाख २०८०

 


डिसी । अमेरिका-नेपाल सहयोगी समाज (एएनएचएस)को अध्यक्ष पदमा जानुकी ओझा बस्नेत निर्वाचित भएकी छन् । अमेरिका नेपाल सहयोगी समाजको हालै सम्पन्न छैटौँ साधारण सभाबाट जानुकी ओझा बस्नेतको अध्यक्षता गठित नयाँ कार्य समितिको समेत गठन भएको हो ।

निर्वाचित भएता पनि नयाँ कार्यकारी समितिले आगामी मे १ ,२०२३ देखि नयाँ कार्यसमितिले आफ्नो कार्यभार सम्हाल्ने निवर्तमान अध्यक्ष कमल भट्टराईले  बताए ।

नयाँ कार्यसमितीको वरिष्ठ उपाध्यक्षमा कामना पन्थी, उपाध्यक्षमा प्रकाश सुवेदी, महासचिवमा तनुजा पोख्रेल, सचिवमा भुपाल पौड्याल तथा कोषाध्यक्षमा विष्णु न्यौपाने निर्वाचित भएका छन् ।

यसैगरि कार्यकारी सदस्यहरूमा क्रमशः ध्रुव प्रसाद बराल, काशी खड्का, जगन्नाथ पौड्याल, प्रेमा रिजाल, राजु कार्की, कमल अधिकारी तथा माया अधिकारी निर्वाचित भएका छन् ।

 समुदायमा विभिन्न काम गर्दै आएको यो संस्थाले विभिन्न कार्यक्रमहरू पनि निरन्तर गरि रहेको छ । सन् २०१५ मा नेपालमा गएको भूकम्पमा पनि संस्थाले राम्रो भूमिका निर्वाह गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी
रातोपाटी

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम । 

लेखकबाट थप