सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

बुधबार र बिहीबार राति १२ बजे पछि टेलिकमको जिएसएम सेवा अवरुद्ध हुने

बुधबार, १३ वैशाख २०८०, २२ : २१
बुधबार, १३ वैशाख २०८०

काठमाडौँ । बुधबार र बिहीबार राति १२ बजे पछि नेपाल टेलिकमको जिएसएम सेवा अवरुद्ध हुने भएको छ । टेलिकमको मोबाइल सेवाको कोर प्रणालीमा नियमित मर्मत सम्भार गनुपर्ने भएकोले बुधबार र बिहीबार राति १२ पछि छोटो अवधिका लागि जिएसएम सेवा अवरुद्ध हुने भएको हो ।

नेपाल टेलिकमले बुधबार एक सूचना जारी गरी जिएएसएम सेवा अवरुद्ध हुने जानकारी दिएको छ । लामो समयसम्म कुनै ग्राहक वर्गको मोबाइल सेवामा समस्या भएमा आफ्नो मोबाइल सेटको पावर अन–आफ गर्न समेत टेलिकमले सम्बन्धित सबैमा आग्रह गरेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप