गलवान हिंसापछि भारत र चीनका रक्षामन्त्रीबीच पहिलोपटक भेट
नयाँ दिल्ली । भारतीय रक्षामन्त्री राजनाथ सिंहले बिहीबार नयाँ दिल्लीमा चीनका स्टेट काउन्सिलर र रक्षामन्त्री ली साङ्फुसँग भेट गरेका छन्। भेटमा दुवै देशको सीमावर्ती क्षेत्रमा द्विपक्षीय सम्बन्धको विकासका विषयमा खुलेर छलफल भएको थियो । प्रेस सूचना ब्यूरो (पीआईबी) ले आफ्नो वेबसाइटमा जारी प्रेस विज्ञप्तिमा यो जानकारी दिएको हो।
सो भेटमा सिंहले दुई देशबीचको सम्बन्धको विकास दुई देशको सिमानामा शान्तिमा निर्भर रहेको स्पष्ट पारेका थिए । उनले चीनसँगको भारतको वास्तविक नियन्त्रण रेखासम्बन्धी समस्यालाई दुई देशबीचको विद्यमान सम्झौता र प्रतिबद्धताअनुसार समाधान गर्नुपर्नेमा जोड दिएका थिए । त्यस्तै विद्यमान सम्झौताको उल्लंघनका कारण दुई देशबीचको सम्बन्धको आधारमा क्षति पुगेको कुरा राखेका थिए ।
सन् २०२० पछि चिनियाँ रक्षामन्त्रीको पहिलो भ्रमण चीनका रक्षामन्त्री ली साङ्फु शुक्रबार राजधानी दिल्लीमा हुने शाङ्घाई सहयोग संगठनका रक्षामन्त्रीहरूको बैठकमा सहभागी हुन बिहीबार यहाँ आएका हुन् । सन् २०२० मा सीमा विवादका कारण गलवान उपत्यकामा भएको हिंसापछि चीनका रक्षामन्त्रीले पहिलो पटक भारतको भ्रमण गरेका छन् ।
चीनको रक्षा मन्त्रालयले मंगलबार ली साङ्फुले दिल्लीमा हुने सम्मेलनलाई सम्बोधन गर्ने जनाएको छ । उनले सम्बन्धित देशका प्रतिनिधिमण्डलका प्रमुखहरूसँग भेट गर्नेछन् । यस भ्रमणमा उनले अन्तर्राष्ट्रिय र क्षेत्रीय मामिलाका साथै रक्षा र सुरक्षा सहयोगका विषयमा छलफल गर्नेछन् ।
दुई देशका सेनाबीचको १८औँ चरणको वार्तापछि चीनका रक्षामन्त्रीको भारत भ्रमण भएको हो । भारत सन् २०२३ मा सांघाई सहयोग संगठनको अध्यक्ष बनेको छ । यस सम्मेलनमा सहभागी हुन रुसी रक्षामन्त्री सर्गेई शोइगु पनि दिल्ली आउँदैछन् । यसको स्थापना सन् २००१ मा चीन, रुस र चार मध्य एसियाली देशहरुको सहयोगमा नाटो जस्ता पश्चिमी गठबन्धनहरुको सामना गर्नको लागि भएको हो । भारत र पाकिस्तान सन् २०१७ मा यसको सदस्य बनेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
-
भारतीय अभिनेता राकेश बेदी काठमाडौँमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण