प्रदेश सरकारहरूको नेतृत्वमा आलोपालो गर्नुपर्छ : अध्यक्ष नेपाल

धनुषा । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले प्रदेश सरकारहरूको नेतृत्वमा आलोपालो हुने बताएका छन् ।
शुक्रवार समाजवादी प्रेस सङ्गठन नेपाल धनुषाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नेपालले प्रदेश सरकारहरूको नेतृत्वमा दलहरूका बीचमा आलोपालो हुने बताएका हुन् । उनले प्रदेश सरकारहरू धमाधम परिवर्तन हुन थालेको भन्दै एकीकृत समाजवादी पनि प्रदेश सरकारमा सामेल हुने बताए । जनमत नै मिलेर सरकार बनाउने रहेको उल्लेख गर्दै पार्टीको सङ्ख्यात्मक कुरालाई ध्यानमा राखी गठबन्धनका दलहरूका बीचमा पद बाँडफाँट हुने उनले बताए ।
अध्यक्ष नेपालले समाजवादमा प्रतिबद्ध हुने पार्टीहरूका बीचमा समाजवादी मोर्चा बनाउने तयारी रहेको पनि बताए । उनले नेकपा(माओवादी केन्द्र), नेकपा(एकीकृत समाजवादी) र जसपा एकताबद्ध हुने कुरा पनि भइरहेको बताए । नेपालले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी लगायतका अन्य पार्टीहरूसँग पनि मोर्चा बनाउने विषयमा छलफल भइरहेको बताए ।
अध्यक्ष नेपालले एकीकृत समाजवादी एमाले वा अन्य कुनै पार्टीहरू सँग विलय भने नहुने स्पष्ट पारे । आफूहरू समानताको सिद्धान्तको आधारमा र वैचारिक एकरूपताको आधारमा जोसँग पनि हातेमालो गर्दै अघि बढ्ने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न
-
जम्मू–कश्मीरमा फेरि गोलाबारी, मुख्यमन्त्रीले गरे यस्तो अपिल
-
जम्मू–कश्मीरमा फेरि गोलाबारी, मुख्यमन्त्रीले गरे यस्तो अपिल
-
भगतसिंह कोसियारी र महन्थ ठाकुरबिच भेटवार्ता
-
एक महिनाअघिदेखि सञ्चालनमा ल्याइएको हेटौँडा सिमेन्ट उद्योग बन्द
-
नेपालमा लगानी गर्न व्यवसायीलाई अध्यक्ष ढकालको आग्रह