मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय

कांग्रेसलाई लोकप्रिय पार्टी बनाउन कार्यशैली बदलौं : नेता सिंह

मङ्गलबार, १९ वैशाख २०८०, २० : १९
मङ्गलबार, १९ वैशाख २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नेपाली कांग्रेसले आफ्नो कार्यशैलीलाई तत्काल बदल्नु पर्ने बताएका छन् ।

मंगलबार नेपाली कांग्रेस रामेछापले सदरमुकाम मन्थलीमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता सिंहले तत्कालै पार्टीको नीति अधिवेशन गरेर बदलिएको परिस्थितिमा कसरी अघि बढ्ने भन्ने सन्दर्भमा कार्यकर्ता माझ बसेर समीक्षा गर्नुपर्ने बताए  ।  

परम्परागत प्रचार र पार्टी निर्माण शैलीले मात्रै आगामी चुनौती सामना गर्न नसकिने भन्दै नयाँ पुस्ताको भावना र चाहना समेटेर अघि बढ्नुको विकल्प नरहेको उनको भनाइ छ । नेता सिंहले पार्टी सुधारको एकमात्र विकल्प विधि सम्मत पार्टी सचालन भएकाले अब यसमा गम्भीरताका साथ लाग्नु पर्नेमा जोड दिए ।

सामाजिक सञ्जालमा अहिले कांग्रेस नेताहरुले एक अर्काविरुद्ध बिषबमन गर्ने प्रवृत्तिले कसैको हित नहुने उनको भनाइ छ । नेता सिंहले पछिल्लो समय कांग्रेसभित्र मूल्यांकन पद्धति नभएकाले दुख र मेहनत गरेका नेता कार्यकर्ता पाखा पर्दै गएको बताए ।

कांग्रेसलाई जनताको बीचमा लोकप्रिय पार्टी बनाउन सकिने भन्दै त्यसका लागि सबैले निराश नभई सबैले आ–आफ्नो लाग्न पनि सिंहले नेता कार्यकर्तालाई आग्रह गरे । 

कांग्रेस नेता तथा वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले कांग्रेसले आफ्नो नीति र कार्यशैलीमा गम्भीर समीक्षा गरेर अघि बढ्न नसके आगामी दिन सहज नहुने भन्दै यसमा गम्भीरता साथ सोच्नु पर्नेमा जोड दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप