टोपबहादुरको पत्र बुझाउने मान्छे खोज्न सीआइबीले लग्यो सिंहदरबारबाट सीसीटिभी फुटेज
काठमाडौँ । नक्कली भुटानी शरणार्थी ठगी प्रकरणमा फरार रहेका एमाले सांसद टोपबहादुर रायमाझी खोज्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले संसद् सचिवालयबाट सीसीटिभी फुटेज लगेको छ ।
संसद् सचिवालयसँगको समन्वयमा सिआइबीले वैशाख २५ गतेको सिसिटिभी फुटेज शुक्रबार लिएर गएको हो ।
सिआइबीले सांसद रायमाझी खोज्न सहयोगका लागि संसद् सचिवालयलाई पत्र लेख्दै सहयोग मागेको थियो । शुक्रबार संसद् सचिवालयबाट सीआईबीले सीसीटिभी फुटेज लगेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले रातोपाटीलाई जानकारी दिएका छन् ।
उनले भने,‘सिआइवीले सिसिटिभी फुटेज उपलब्ध गराउन सहयोग माग्दै बिहीबार संसद् सचिवालयलाई पत्र लेखेको थियो । सचिवालयले दिन मिल्न डकुमेन्ट, फुटेज सिआइवीलाई उपलब्ध गराएको छ । वैशाख २५ गतेको दिन बिहान १० बजेदेखि साँझ ५ बजेसम्मको सिसिटिभी फुटेज उपलब्ध गराइदिएका छौँ ।’
वैशाख २५ गते रायमाझीका सहयोगीले सभामुख देवराज घिमिरेको कार्यकक्षमा गएर उनी बिरामी भएको पत्र बुझाएर सिंहदरबारबाट निस्किएका थिए । ती व्यक्ति को थिए भन्ने पहिचानका लागि सिआइवीले सिसिटिभी फुटेज लिएर गएको हो । सिआइबीले अनुसन्धानका लागि संघीय संसद् सचिवालय प्रवेशस्थल, सभामुखको सचिवालय आसपास कभर गर्ने सिसिटिभी फुटेज लगेको हो ।
संवैधानिक व्यवस्था अनुसार बिना जानकारी १० वटा प्रतिनिधि सभाको बैठकमा अनुपस्थित भएमा सांसद पद जाने व्यवस्था रहेको छ । फरार भएका कारण संसद् बैठकमा उपस्थित हुन नसक्ने भएपछि सांसद पद जोगाउन रायमाझीले सहयोगी मार्फत आफू बिरामी भएकाले संसदमा उपस्थित नसकेको पत्र पठाएका थिए ।
नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर गरिएको संगठित ठगी प्रकरणमा जोडिएपछि एमाले नेता तथा सांसद रायमाझी फरार रहेका छन् । नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ गर्न सफल भएपनि सांसद रायमाझीलाई पक्राउ गर्न भने प्रहरीले सफलता हासिल गर्न सकेको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
हराएको सिमकार्डबाट मोबाइल बैंकिङ ह्याक, २४ लाख ठगी गर्ने दुई युवक पक्राउ
-
मोदी जलविद्युत्को ठेक्का प्रक्रिया विवादमा, अनुभवको प्रमाणपत्रमा किर्ते गरेको आरोप
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण