शुक्रबार, २९ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
दुर्घटना

काभ्रे बस दुर्घटना अपडेट : मृतकसहित घाइतेहरूकाे पहिचान खुल्याे

नेपाली सेनाका अमल्दारकाे पनि मृत्यु
शुक्रबार, २९ जेठ २०८३, २० : २१
शुक्रबार, २९ जेठ २०८३

सारांश

  • काभ्रेको बुचाकोटमा भएको बस दुर्घटनामा ८ जना मृतक मध्ये ४ जनाको पहिचान खुलेको छ ।
  • दुर्घटनामा १६ जना घाइते भएका छन्, जसको पनि पहिचान खुलेको छ ।
  • बस बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै थियो ।

काठमाडाैँ । शुक्रबार काभ्रेको बुचाकोटमा भएकाे बस दुर्घटनामा मृतक ८ जनामध्ये ४ जनाकाे पहिचान खुलेकाे छ । बनेपाबाट रोशी गाउँपालिकाको खार्पाचोकतर्फ जाँदै गरेको बा.३ ख ८३९८ नम्बरको बस दुर्घटना भएको थियाे । 

काभ्रेपलाञ्चोक रोशी गाउँपालिका ७ बस्ने ३४ वर्षिया फुलमाया तामाङ,साेही पालिकाकाे वडा नम्बर ८ बस्ने ६० वर्षिया प्यारीमाया तामाङ, साेही पालिकाकाे वडा नम्बर ६ बस्ने ७५ वर्षिय ईन्द्र बहादुर लोप्चनकाे दुर्घटनामा मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय काभ्रेले जानकारी दिएकाे छ। उनीहरू एकै पालिकाका हुन् ।

त्यसैगरी दैलेख घर भएका ३० वर्षिय बम बहादुर भण्डारीकाे पनि दुर्घटनामा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ । उनी नेपाली सेनाका अमल्दार थिए । अन्य ४ जना मृतककाे भने पहिचान खुल्न बाँकी छ ।

त्यस्तै घाइते १६ जनाकाे समेत पहिचान खुलेकाे छ। 

  • जिल्ला काभ्रे रोशी गा.पा. ८ बस्ने वर्ष २२ की एनिशा तामाङ हात खुट्टामा चोट, अवस्था मध्यम
  • ऐ. रोशी गा.पा. ६ बस्ने बर्ष २० की विष्णु डोल्मो तामाङ, निधार, नाक, र पेटमा चोट, अवस्था मध्यम
  • ऐ. ऐ. बस्ने बर्ष धन बहादुर तामाङ, टाउको अनुहरमा चोट, अवस्था मध्यम ।
  • ऐ. ऐ. बस्ने बर्ष ३० को चन्द्र तामाङ, निधार, हात खुट्टामा चोट, मध्यम ।
  • ऐ. ऐ. बस्ने वर्ष १८ की रमिता वाइवा, अनुहार र देब्रे खुट्टामा चोट, मध्यम ।
  • ऐ. ऐ. बस्ने वर्ष ४० को मनब तामाङ, टाउको, अनुहार र ढाडमा चोट, मध्यम ।
  • ऐ.ऐ. रोशी गा.पा. ७ बस्ने वर्ष ६० को डम्बर बहादुर शाह, टाउको, दाहिने हात र खुट्टामा चोट गम्भीर 
  • 8. ऐ.ऐ. रोशी गा.पा. ८ बस्ने बर्ष ४३ को कृष्ण बहादुर तामाङ, टाउको, मुख र दाहिने कोखामा चोट, मध्यम ।
  • जिल्ला बर्दिया बाह्र बर्दिया न.पा. १२ बस्ने बर्ष २५ को सुरेश बहादुर बादी, निधार, दाहिने खुट्टामा चोट, मध्यम ।
  • जिल्ला काभ्रे बनेपा न.पा. ३ बस्ने बर्ष ३४ को घोया सिंह तामाङ, दाहिने खुट्टा फ्याक्चर, दाहिने हातमा चोट, मध्यम । (चालक)
  • ऐ. जिल्ला रोशी गा.पा. २ बस्ने बर्ष ६२ की विष्णुमाया लामा, टाउकोमा चोट, मध्यम ।
  • ऐ. जिल्ला तेमाल गा.पा. ८ बस्ने बर्ष ४३ को मनुराज तामाङ, टाउको, गर्दन, छातिमा चोट, मध्यम ।
  • हाल नाम थर वतन नखुलेको सुबाश भन्ने अं. ५/६ बर्षको बच्चा देब्रे खुट्टामा चोट, मध्यम ।
  • नाम नखुलेको अं. १ वर्षको बालिका ।
  •  हाल नाम थर वतन नखुलेको अं. बर्ष ६०/६२ को पुरुष व्यक्ति टाउकोमा चोट, गम्भिर ।
  •  हाल नाम थर वतन नखुलेको अं. बर्ष २०/२२ की महिला टाउकोमा, शरिरको बिभिन्न भागमा चोट, अवस्था गम्भिर

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप