गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
काठमाडाैँ । संयुक्त राष्ट्रसङ्घले अन्तर्राष्ट्रिय मानवीय कानून अनुसार गाजा पट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको सुरक्षा गर्न आह्वान गरेको छ ।
मानवीय मामिला समन्वयका लागि संयुक्त राष्ट्रसङ्घीय कार्यालय (ओसिएचए) ले विज्ञप्ति जारी गर्दै गाजामा नागरिक तथा नागरिक पूर्वाधार, सहायताकर्मीहरू र उनीहरूको सम्पत्ति इजरायली हवाई आक्रमण र गोलाबारीको जोखिममा रहेको चेतावनी दिएको छ ।
पछिल्लो इजरायली हवाई आक्रमणले देइर अल–बलाहमा एउटा मानवीय सङ्गठनको भवनलाई क्षति पुर्याएको विज्ञप्तिमा उल्लेख छ भने पूर्वाधारमा भएको क्षेतिका कारण केरेम अबु सलेम सिमा हुँदै गाजामा आपूर्तिको प्रवेश पनि घटेको जनाइएको छ ।
पश्चिम क्षेत्रका बासिन्दाहरूका लागि पानी र सरसफाइ सेवाहरूको पहुँचको कमि र उत्तरी वेस्ट ब्याङ्क, दक्षिणमा मासफर यट्टा र अन्य क्षेत्रहरूमा बसोबास गर्नेहरुका लागि द्धन्द्ध आवागमन प्रतिबन्धको ठर रहेको विज्ञप्तिमा उल्लेख छ ।
संयुक्त राष्ट्रसङ्घले आफ्ना मानवीय साझेदारहरूसँग मिलेर कमजोर परिवारहरूका लागि गाजामा खाना, औषधि लगायतका समाग्री आपूर्तिहरू ढुवानी गरेको जनाएको छ । विश्व स्वास्थ्य सङ्गठन र यसका साझेदारहरूले २६ जना बिरामी र उनीहरूका साथीहरूको लागि आवाश्क मेडिकल निकासीलाई पनि सहयोग गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल र भारतबिच सीमापार रेलमार्ग विस्तारका लागि उच्चस्तरीय छलफल
-
भारतको घट्दो प्रजनन दरः कारण र परिणाम
-
आयोगले सम्पत्ति विवरण मागेपछि कागजात मिलाउन नेताहरूको दौडादौड
-
एसियाडका लागि छानिए युवराज
-
शनिबार रत्नपार्क क्षेत्रमा बढ्यो चहलपहल (तस्बिरहरू)
-
हुम्ला–बाजुरा सीमा क्षेत्रको स्वामित्व विवाद : के हो वास्तविकता ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण