फेसबुक र म्यासेन्जरमा समस्या, नेपालसहित विश्वभरका प्रयोगकर्ता प्रभावित
सारांश
- शुक्रबार नेपालसहित विश्वभरका प्रयोगकर्ताहरूले मेटाका फेसबुक र म्यासेन्जरमा समस्याको सामना गरिरहेका छन्।
- प्राविधिक समस्याका कारण प्रयोगकर्ताहरूको फेसबुक एकाउन्ट स्वतः लग-आउट भएको छ र पुनः लग-इन गर्न समस्या भइरहेको छ।
- मोबाइल एप र वेबसाइट दुवैमा समस्या देखिए पनि ह्वाट्सएप सञ्चालनमा छ, तर इन्स्टाग्रामको वेब संस्करणमा केही समस्या रिपोर्ट गरिएको छ।
अपडेटः शुक्रबार राति ८ बजेदेखि फेसबुक पुनः चल्न थालेको छ । यद्यपि हालसम्म पनि मेटाले समस्याबारे औपचारिक जानकारी गराएको छैन ।
काठमाडौँ । मेटा कम्पनीका प्रमुख उत्पादनहरू फेसबुक र म्यासेन्जरमा शुक्रबार नेपालसहित समस्या देखिएको छ। प्राविधिक समस्या देखिएको भन्दै विश्वभरका प्रयोगकर्ताहरुले रिपोर्ट गरिरहेका छन् ।
शुक्रबार साँझदेखि सुरु भएको यस समस्याका कारण प्रयोगकर्ताहरूको फेसबुक एकाउन्ट स्वतः लग-आउट भएको छ। पुनः लग-इन गर्न खोज्दा 'अनपेक्षित त्रुटि' वा 'केही गलत भयो'जस्ता सन्देशहरू देखिएका छन् । जसले गर्दा प्रयोगकर्ताहरू आफ्नो एकाउन्टमा पहुँच बनाउन असमर्थ भएका छन् ।
फेसबुक र म्यासेन्जरको मोबाइल एप र वेबसाइट दुवैमा यो समस्या देखिएको हो। मेटाका अन्य सेवाहरू ह्वाट्सएप र इन्स्टाग्राम भने धेरै हदसम्म सञ्चालनमा रहे पनि इन्स्टाग्रामको वेब संस्करणमा भने केही समस्याहरू देखिएको रिपोर्ट गरिएको छ।
मेटाले आफ्ना उपभोक्ता उत्पादनहरूको अवस्थाबारे जानकारी दिन कुनै आधिकारिक 'स्टेटस पेज' सञ्चालन गरेको छैन भने उसको बिजनेस टूल्स स्टेटस पेजमा समेत यस अवरोधबारे कुनै तत्काल अपडेट दिएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रलोपाद्वारा काभ्रे बस दुर्घटनाप्रति दुःख व्यक्त
-
१० बजे १० समाचार : रास्वपाभित्र स्वार्थ समूहको लडाइँ, सरकारले बनाएका प्रयोगशाला सञ्चालनमै आएनन्
-
बाजुरा र हुम्लाको सिमानामा प्रहरी र सशस्त्रको अस्थायी बेस राख्ने निर्णय
-
मन्त्री समक्ष जेनेभामा रहेका नेपाली कुटनीतिज्ञहरुको आग्रह : सरकार दूतावास बन्द गर्नेतर्फ नलागोस्
-
हर्क साम्पाङले रवि लामिछानेलाई लेखे खुला पत्र
-
मोबाइल नष्ट प्रकरण : निष्पक्ष छानबिन गरी कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण