सुनसरी प्रहरीद्वारा ठुलो परिमाणमा लागुऔषध बरामद
सारांश
- सुनसरी प्रहरीले यस आर्थिक वर्षमा १७ हजार केजीभन्दा बढी गाँजा बरामद गरेको छ।
- प्रहरीले ब्राउनसुगर, ट्याब्लेट र डाइलक्स डिसीसहित अन्य लागुऔषध पनि बरामद गरेको छ।
- लागुऔषध कारोबारमा ६०२ जना पक्राउ, ३९७ मुद्दा दर्ता र ठूलो राजस्व असुली भएको छ।
सुनसरी । जिल्ला प्रहरी कार्यालय सुनसरीले चालु आर्थिक वर्षको अहिलेसम्म १७ हजार १५२.१४६ केजी गाँजा बरामद गरेको छ ।
सुनसरी सदरमुकाम इनरुवामा शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै प्रहरीले चालु आवको अहिलेसम्ममा सो परिणामबराबरको लागुऔषध गाँजा बरामद गरेको सुनसरीका प्रहरी उपरीक्षक केशवकुमार थेबेले जानकारी दिए ।
त्यसैगरी, प्रहरीले एक हजार ५६३.६९ ग्राम ब्राउनसुगर, ३२ हजार ७३ पिस ट्याब्लेट/क्याप्सुल र १३० बोतल डाइलक्स डिसीसहित लागुऔषध बरामद भएको उनले बताए ।
लागुऔषध कारोबारको आरोपमा ६०२ जना पक्राउ परेकामा ३९७ वटा मुद्दा दर्ता भइसकेका उनले जानकारी दिए । त्यसैगरी, ११२ वटा सवारीसाधन नियन्त्रणमा र चालु आवमा ४३६ जना फरार प्रतिवादी पक्राउ परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकाबाट २१९ वर्ष चार महिना २८ दिन कैद सजाय र रु एक करोड ३२ लाख ३७ हजार ४७० जरिवाना असुली भएको प्रहरी उपरीक्षक थेबेले बताए । पाँच वर्ष अगाडिदेखि फरार भई पाँच वर्षभन्दा बढी कैद सजाय तोकिएका छ जना प्रतिवादीलाई समेत नियन्त्रणमा लिन सफल भएको उनले बताए ।
त्यसैगरी, नेपाल–भारत सीमा क्षेत्रबाट हुने अवैध भन्सार चोरी निकासी नियन्त्रणका क्रममा चालु आवको अहिलेसम्ममा रु तीन करोड चार लाख ४१ हजार २६० राजस्व सङ्कलन भएको छ ।
चोरी, तस्करीको आरोपमा २१ जना र ४५ वटा सवारीसाधन नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सीमावर्ती क्षेत्रमा हुने आपराधिक गतिविधि र अवैध तस्करी नियन्त्रणका लागि प्रहरीले आफ्नो सक्रियता र निगरानीलाई अझ तीव्र बनाएको प्रहरी उपरीक्षक थेबेले बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वोच्चद्वारा वायुसेवा निगमको सञ्चालक नियुक्ति बदर, जेनजी मुभमेन्टद्वारा मन्त्री बर्खास्तीको माग
-
यु–१९ राष्ट्रिय महिला क्रिकेट: मधेस फाइनलमा प्रवेश
-
इप्पानको कोषाध्यक्षको लागि मात्रै निर्वाचन, अन्य पदाधिकारीमा सहमति
-
८ वर्षीय बाल प्रतिभा सम्राटको गीत ‘साँच्चै तिमी भगवान हौ बाबा-आमा’ सार्वजनिक
-
दोलखामा दुई वटा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु, २ जना घाइते
-
अमेरिकाले युरोपमा तैनाथ विमान र युद्धपोतमा कटौतीको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण