टेलिकमको आम्दानी ६७ करोडले बढ्यो, नाफा २ करोडले घट्यो
काठमाडौं । चालू आर्थिक वर्षको चैतसम्मको अवधिमा नेपाल टेलिकमको आम्दानी ६७ करोड २९ लाख रुपैयाँले बढेको छ । टेलिकमले दिएको जानकारी अनुसार गत वर्षको यही अवधिको तुलनामा चैत मसान्तसम्मको अवधिमा ६७ करोडभन्दा धेरैले आम्दानी बढेको हो ।
गत वर्षको यही अवधिमा टेलिकमले ३२ अर्ब ५३ करोड ६७ लाख रुपैयाँ कूल आम्दानी गरेको थियो । ६७ करोड रुपैयाँले बढेसँगै टेलिकमको आम्दानी ३३ अर्ब २० करोड रुपैयाँ पुगेको छ । यस्तै, गत वर्षको तुलनामा टेलिकमको कूल सञ्चालन आएमा भने ८७ करोड २९ लाख रुपैयाँले कमी आएको छ ।
यससँगै, यस अवधिमा टेलिकमको सञ्चालन आय २७ अर्ब ३४ करोड ६६ लाख रुपैयाँमा आइपुगेको छ । जबकी, गत वर्षको यही अवधिमा २८ अर्ब २१ करोड रुपैयाँ कूल सञ्चालन आय थियो ।
टेलिकमको आम्दानी बढे पनि नाफामा भने गिरावट आएको छ । ९ महिनाको अवधिमा टेलिकमले ५ अर्ब ४१ करोड १९ लाख रुपैयाँ नाफा गरेको छ । जबकी, यो गत वर्षको यही अवधिको तुलनामा २ करोड ३३ लाख रुपैयाँले कम हो । गत वर्षको यो अवधिमा ५ अर्ब ४३ करोड ५३ लाख रुपैयाँ नाफा गरेको थियो ।
यस्तै, यस अवधिमा टेलिकमले ब्याजदरमा आएको वृद्धिका कारण समेत मनग्य नाफा आर्जन गरेको छ । टेलिकमले यसमार्फत हुने आम्दानी १ अर्ब ७३ करोड ९९ लाख रुपैयाँ बढाएको छ । यस्तै,विदेशी विनिमयदरमा आएको वृद्धिका कारण समेत टेलिकमले ५ करोड ४६ लाख रुपैयाँ कमाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिजबुल्लाहले आक्रमण रोकेमा युद्धविराम लागू गर्न इजरायल र लेबनान सहमत
-
लेबनानमा युद्ध नरोकेसम्म इरानसँगको युद्ध अन्त्य हुँदैन: इरानी विदेशमन्त्री अराघची
-
इरान युद्ध रोक्न अमेरिकी प्रतिनिधिसभाको प्रस्ताव पारित, ट्रम्पलाई झट्का
-
एम्बुलेन्स र मिनी ट्रक ठोक्किँदा सात जना घाइते
-
बाढी र पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग
-
कोरला नाकाबाट भित्रिएका ७५० विद्युतीय गाडी नियन्त्रणमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण