खल्तीको ‘द बिगेस्ट पेमेन्ट जात्रा’ मा करोडभन्दा बढीको अफर
काठमाडौँ । खल्ती डिजिटल वालेटले गत वर्षको तुलनामा यसपटक दोब्बर अफरसहित अहिलेसम्मकै सबैभन्दा ठुलो अफर ‘द बिगेस्ट पेमेन्ट जात्रा’ लिएर आएको छ। २ महिनाको यो अफर अन्तर्गत खल्तीले असार ३१ सम्म पल्सर N160 बाइक ५ जनासम्मले जित्न सकिने अफर ल्याएको हो ।
यस लगायत आईफोन १४, वनप्लस ११, स्मार्ट टिभी, सबैलाई खुत्रुके, १ करोड भन्दा बढी स्क्रायाच कार्ड, स्मार्टब्यान्ड, इयरपड, कुपनहरू मिलाइ करोडौँको अफर ल्याएको छ। २ महिने अफर जेठ १ गतेदेखि असार ३१ सम्म लागु हुनेछ । यस अफरलाई राउन्ड १, राउन्ड २, राउन्ड ३ र राउन्ड ४ गरी चार राउण्डमा विभाजन गरिएको कम्पनीले जनाएको छ। प्रत्येक राउन्डमा कुनै पनि २ भुक्तानी पूरा गर्ने प्रयोगकर्ताहरू पल्सर N160 को लक्की ड्रको लागि योग्य हुनेछन् । हरेक राउन्डको अन्त्यमा एक विजेता घोषणा हुनेछ।
चार राउन्डहरूमा योग्य हुने प्रयोगकर्ताहरू बोनस राउन्डका लागि पनि योग्य हुनेछन् र बोनस राउण्डको पल्सर N160 जित्न सहभागी हुनेछन् ।
यस बाहेक खल्तीले वर्ल्डलिङ्कको बिल तिर्ने र उडान टिकट खरिद गर्ने प्रयोगकर्ताहरूलाई दुईवटा आईफोन १४ विशेष उपहार दिने योजना पनि गरेको छ। तसर्थ, यी सेवाहरूको भुक्तानी गर्ने कोही दुई भाग्यशालीले आईफोन १४ जित्ने मौका पाउनेछन्। त्यसैगरि अर्को विशेष उपहार खल्तीबाट बीमा प्रिमियम भुक्तानीमा रहेको छ जहाँ कोही एक भाग्यशाली प्रयोगकर्तालाई वानप्लस ११ जित्ने मौका रहेको छ। यसका साथै आफ्नो बीमा प्रिमियम भुक्तानीमा प्रयोगकर्ताले हरेक हप्ता स्मार्ट टिभी, स्मार्टब्यान्ड पनि जित्न सक्नेछन् ।
यी अफरहरू बाहेक, खल्ती एप भित्र जात्रा दुईवटा विशेष फिचर पनि देख्न सकिनेछ जसमा प्रयोगकर्ताहरूले जित्ने मौकाहरू निश्चित छन्। प्रयोगकर्ताहरूले बिना कुनै भुक्तानी गरी दैनिक रूपमा 'खुत्रुके' फुटाउन सक्नेछन् जसमा विभिन्न किसिमका अफर र क्यासब्याकहरू समावेश गरिएको छ। साथै, अर्को विशेषता भनेको डिजिटल स्क्रायाच कार्ड हो जुन नेपालमै पहिलो पटक पटक कुनै डिजिटल वालेटमा ल्याइएको फिचर हो। प्रयोगकर्ताहरूको लागि 1 करोड भन्दा बढी स्क्रायाच कार्डहरू छन् जहाँ रु. १०० भन्दा माथिको कुनै पनि भुक्तानीमा विभिन्न अफरहरू सहित प्राप्त गर्न सक्नेछन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ कांग्रेस संस्थापनले इतर समूहलाई पठाएको ७ बुँदे प्रस्ताव
-
परराष्ट्रमन्त्री खनाल आज चीन भ्रमणमा जाँदै, यस्तो छ कार्यतालिका
-
ट्राफिक कारबाहीमा चार लाख ५८ हजार राजस्व सङ्कलन
-
महाकाली पुलको गाइडबण्ड पुनर्निर्माणमा खटियो सेना
-
दामोदरकुण्ड तीर्थयात्रीलाई निःशुल्क भोजनको व्यवस्था
-
गायक तथा सङ्गीतकार आशिष अविरलमाथि अमेरिकामा कुटपिट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण