आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

कपिलवस्तुका उखु किसान काठमाडौँमा धर्ना बस्न बाध्य

शनिबार, ०६ जेठ २०८०, १५ : १५
शनिबार, ०६ जेठ २०८०

काठमाडौँ । सरकारले अनुदान नदिएपछि कपिलवस्तुका उखु किसानहरू काठमाडौँमा धर्नामा बस्न बाध्य भएका छन् । २०७१ सालमा उखुमा दिने भनिएको अनुदान आफूहरूले मात्रै नपाएपछि काठमाडौँको माइतीघर मण्डलामा आएर धर्नामा बस्न बाध्य हुनुपरेको कपिलवस्तु उखु किसान संघर्ष समितिका सदस्य रामलाल कलवारले जानकारी दिए ।

२०७१ सालमा सरकारले उखु किसानहरूलाई प्रतिक्विन्टल २५ रुपैयाँका दरले अनुदान दिने निर्णय गरेको थियो । तर सो रकम अझसम्म पनि सरकारले नदिएपछि न्यायको खोजीमा उनीहरू काठमाडौँ आएका हुन् । अनुदानको रकम लिनका लागि जिल्ला प्रशासन कार्यालयमा दिइएको दबाब काम नलागेपछि काठमाडौँमा आएर धर्नामा बस्नुपरेको संघर्ष समितिका सदस्य रामलाल कलवारले बताए । उनले आफूहरूलाई सो अनुदान नदिएसम्म धर्नाको कार्यक्रम अन्त्य नगर्ने चेतावनी समेत दिए ।

उनीहरूले अन्य जिल्लालाई दिइएको त्यो अनुदानको बापतको रकम आफूलाई नदिएको भन्दै ५ दिनयता काठमाडौँमा धर्ना कार्यक्रमलाई निरन्तरता दिइरहेका छन् । तर सरकारले कुनै सुनुवाइ नगरेको उनीहरूको गुनासो छ । 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप