जातीय भेदभाव राष्ट्रको साझा समस्या हो : गगन थापा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले जातीय भेदभाव तथा छुवाछूत कुनै एक जाति वा समुदायको मात्र समस्या नभई राष्ट्रको साझा समस्या भएको बताएका छन् ।
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा शुभकाना व्यक्त गर्दै उनले सबैको सामूहिक र साझा प्रयत्नबाट मात्र यो कूरीतिको अन्त्य गर्न सकिनेमा जोड दिए। यसमा कांग्रेस प्रतिबद्धतापूर्वक अनवरत रूपमा लागेको उनले उल्लेख गरेका छन्।
उनले यो दिवसले सबैमा समानता, सामाजिक न्याय, मानव अधिकार र सबै मानव जाति समान हौँ भन्ने भावनाको विकास गर्दै जातका आधारमा मानिसमाथि गरिने सबैखालका घृणा र विभेदको अन्त्य गर्ने प्रेरणा र सन्देश दिन सकोस् भनी शुभकामना व्यक्त गरेका छन्।
जातीय भेदभाव मुक्त राष्ट्र घोषणामा तत्कालीन सरकार प्रमुखको तर्फबाट पहल गर्ने पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाप्रति सम्मान व्यक्त गर्दै सभापति थापाले कांग्रेस दलित समुदायले भोग्दै आएको छुवाछूत तथा भेदभाव अन्त्यका लागि लाग्ने एक प्रतिबद्ध दल भएको उल्लेख गरेका छन्।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण