बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

नीति तथा कार्यक्रम कागजको खोस्टो मात्रै होइन : माधव नेपाल

सोमबार, ०८ जेठ २०८०, १२ : २७
सोमबार, ०८ जेठ २०८०

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले नीति तथा कार्यक्रम कागजको खोस्टो मात्रै नभएको बताएका छन् । नीति तथा कार्यक्रमका विषयमा एमाले अध्यक्ष केपी शर्मा ओलीले तिखो आलोचना गर्दै फिर्ता लिन आग्रह गरेपछि नेपालले त्यसको प्रतिवाद गरेका हुन् ।   

‘नीति तथा कार्यक्रमको कुनै औचित्य छैन भन्ने कुरा आएका छन् । मैले पनि यसो मनन् गरे । यो कागजको खोस्टो मात्रै छ कि ? यसमा कुनै विषयवस्तु पनि छ यसो हेर्दै जाँदा मैले कागजको खोस्टो मात्रै पाइनँ’ नेपालले भने, ‘अगाडि सारिएका उद्देश्यहरुमा सुशासन कायम गर्ने र विकास निर्माणलाई प्रत्याभूति दिनेगरी अघि बढाउने उल्लेख गरिएको छ ।

यस्तै सेवा प्रवाहमा सरलीकरण गर्ने, सामाजिक न्यायको प्रवद्धन गर्ने राष्ट्रिय हितलाई सम्वर्द्धन गर्ने उद्देश्य अघि सारिएको छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप