‘नेपाल टेलिकमको शाखामा जागिर खुलेको छैन’
बुधबार, १० जेठ २०८०, १६ : ३१

काठमाडौँ । नेपाल टेलिकमले आफ्ना कुनै पनि शाखामा जागिर नखुलेको स्पष्ट पारेको छ । केही दिन यता ‘नेपाल टेलिकमका विभिन्न शाखाहरुमा काम गर्न भ्याकेन्सी खोलिएको’ भनेर कम्पनीका पदाधिकारीहरूको नाम समेत जोडी विभिन्न फेसबुक ग्रुप र म्यासेन्जर तथा ह्वाट्सएप लगायतका सामाजिक सञ्जालमार्फत गलत सूचना प्रवाह भएको बताउँदै कम्पनीको यसप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो ।
प्रवक्ता शोभन अधिकारीका अनुसार कर्मचारी आवश्यकता सम्बन्धी सूचना कम्पनीले राष्ट्रिय दैनिक गोरखापत्र तथा कम्पनीको वेबसाइटमा मात्र आधिकारिक रूपमा सार्वजनिक गर्ने गरेको छ । अधिकारले यस प्रकारका गलत सूचनाको भ्रममा नपरी आधिकारिक माध्यमबाट सम्प्रेषित सूचनालाई मात्र ग्रहण गरिदिन आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीमापार गोलीबारीमा मृत्यु हुनेको संख्या १५ पुग्यो : भारतीय सेना
-
टेस्ट क्रिकेटबाट रोहित शर्माले लिए सन्न्यास
-
टेस्ट क्रिकेटबाट रोहित शर्माले लिए सन्न्यास
-
सङ्घीय लोकतान्त्रिक मोर्चाको बैठकले गर्यो यी चार निर्णय
-
कर्मचारीमाथि कुटपिट आराेपमा वडाध्यक्ष पराजुली पक्राउ
-
भारत र पाकिस्तानबीच बढ्दो तनावबारे रुसले के भन्याे ?