किसानलाई राज्यले अनुदान दिनुपर्छ : बाबुराम भट्टराई
बुधबार, १० जेठ २०८०, २० : ३३
_ArrBqHgQch.jpg)
काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले किसानलाई राज्यले अनुदान दिनैपर्ने बताएका छन् । बुधबार माइतीघर मण्डलामा उखु किसानहरुले गरेको आन्दोलनलाई ऐक्यबद्धता जनाउन पुगेका उनले उखु लगायतका किसानहरुले सरकारबाट पाउनुपर्ने अनुदान नपाउँदा बाहिरबाट आयातित कृषिजन्य वस्तुमा प्रतिष्पर्धा गर्न नसकेको बताएका हुन् ।
पूर्वप्रधानमन्त्री भट्टराईले कृषि अर्थतन्त्र धराशायी बनेको बताए । आफ्नै देशमा उत्पादन हुने वस्तु उपभोग गर्न नपाएर बाहिरका वस्तु उपभोग गर्नुपर्ने बाध्यताको अन्त्य गर्न जरुरी रहेको उनले उल्लेख गरे । पूर्वप्रधानमन्त्री भट्टराईले किसानलाई रासायनिक मल उपलब्ध गराउने कुरामा सरकार गम्भीर बन्नुपर्ने बताए । लोकतन्त्रमा सडक गतिशील हुनुपर्ने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नवविवाहित युवतीको मृत्यु, हत्या गरिएको माइती पक्षको दाबी
-
‘प्राधिकरणले गर्मीको बेला सूचनाबिना लाइन काट्यो’
-
आफू जन्मिनुभन्दा अगाडि नै प्रधानमन्त्री भइसकेका नेता ‘डेट एक्सपायर’ भए : डाँगी
-
‘कोशी र रोशी खोलाको बाढीको क्षतिबारे सरकारले केही गरेन’
-
‘कसैले कोहीसँग भेटेर तस्बिर खिचाउँदैमा गठबन्धनमा कुनै असर पर्दैन’
-
केही भएन भनेर भ्रम फिँजाउनेहरू नेपाल विरोधी वर्ग हुन् : मन्त्री खड्का