रेशम चौधरीको रिहाइका लागि किन्तु परन्तु नगरौँ : बाबुराम भट्टराई
शनिबार, १३ जेठ २०८०, ०९ : २७
२
_xMg2fbeAZr.jpg)
काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरीको रिहाइ हुनु पर्नेमा जोड गरेका छन् ।
पूर्व सांसदसमेत रहेका नागरिक उन्मुक्ति पार्टीका संस्थापक चौधरीको रिहाइका बारेमा विवाद चलिरहेको बेला भट्टराईको यो धारणा आएको हो । उनले नागरिकता विधेयक पनि प्रमाणीकरण हुनु पर्नेमा जोड गरेका छन् ।
‘रेशम चौधरी लगायतका टीकापुर थारु विद्रोहका नेताहरूलाई संविधान-कानून बमोजिम राष्ट्रपतिबाट माफी मिनाहा दिन र हजारौँको सङ्ख्यामा नागरिकताविहीन रहेका जन्मसिद्ध बाबुआमाका सन्तानलाई नागरिकता दिन सांसदबाट पारित नागरिकतासम्बन्धी विधेयक राष्ट्रपतिबाट छिटो जारी गर्न अब कुनै किन्तु परन्तु नगरौँ,’ भट्टराईले भनेका छन्, ‘लोकतन्त्र भनेको प्रक्रिया सँगसँगै मुख्यतः जनतालाई न्याय र समानताको प्रत्याभूति गर्ने प्रणाली हो भन्ने नभुलौँ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
पशुपति क्षेत्रमा पहिलो पटक निःशुल्क नशामुक्ति शिविर हुँदै, देशविदेशबाट ३० हजार बढी सहभागी हुँदै
-
म्यान्मामा ‘जुन्टा’को हवाई आक्रमण, २० बालबालिकासहित २२ जनाको मृत्यु
-
मौसम बदली, ठाउँ ठाउँमा भारी वर्षा
-
काभ्रेको रोशी खोलामा बाढी, बीपी राजमार्ग अवरुद्ध
-
गिरुवारी खोलाको पुल भाँचिदा नारायणगढ–बुटवल सडक अवरुद्ध
-
चोरमाराको गिरूवारी खोला पुल भाँसियो, निरीक्षणमा जाँदै प्रहरी