अवैध रूपमा तोरीको तेल आयात गर्ने विरुद्ध कारबाहीको चेतावनी
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अवैध रूपमा तोरीको तेल ल्याउनेलाई कारबाहीको चेतावनी दिएको छ । सीमा नाकामा तोरीको तेल तस्करीको सूचना आएकाले यस्तो कार्यमा कोही संलग्न भएको पाइएमा कारबाहीको चेतावनी विभागले दिएको हो ।
‘सरकारका सम्बन्धित निकायहरूबाट कानुन बमोजिमको इजाजत नलिई गुणस्तरहीन तोरीको तेल अवैध तरिकाले भित्र्याएर तराईका बजारहरूमा बिक्री वितरण भइरहेका छन्,’ विभागको विज्ञप्तिमा लेखिएको छ, ‘यसबाट नेपाली उद्योगहरू बन्द हुने स्थितिमा पुगेको उद्योग सङ्घले बताएको छ ।’
सङ्घको आग्रहअनुसार सम्बन्धित निकायमा अनुगमनका लागि पत्र पठाइसकेको र अवैध आयात भएको पाइएमा कानुन बमोजिम कारबाही गर्ने विभागले चेतावनी दिएको छ । ‘अवैध रूपमा नेपाल भित्रिएको कुनै पनि सामग्री कहीँ कतै सञ्चय ढुवानी, थोक वा खुद्रा बिक्री वितरण नगर्न र नगराउन सबैमा जानकारी गराउँदै कहीँ कतै सो गरिएको फेला परेमा उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कारबाही हुनेछ,’ विज्ञप्तिमा लेखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतीय पर्यटकलाई पोखरा घुम्ने निम्तो
-
१२ बजे १२ समाचार: कागजात मिलाउन नेताहरूको दौडादौड, राउटे बस्तीमा अनधिकृत प्रवेश रोकिने
-
ढुसीजन्य रोगले धानको बेर्नामा क्षति, किसान चिन्तित
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण