शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

दोस्रो ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’ भकुन्डेबेसीमा हुने

मङ्गलबार, १६ जेठ २०८०, ०७ : ३४
मङ्गलबार, १६ जेठ २०८०

काठमाडौँ । ‘नेपाल ग्रामीण चलचित्र महोत्सव’को दोस्रो संस्करण काभ्रेपलान्चोकको भकुन्डेबेसीमा हुने भएको छ । सोमबार काभ्रेको बनेपामा पत्रकार सम्मेलन गर्दै आयोजक संस्था सेलिब्रेटी नेपालले सो जानकारी दिएको हो । 

महोत्सव आगामी जेठ २५ गतेदेखि २७ गतेसम्म आयोजना हुनेछ । महोत्सवमा २६ वटा फिल्महरु सहभागी हुने आयोजक संस्था सेलिब्रेटी नेपालका प्रमुख रघुनाथ सापकोटाले बताए ।
नेपाली मौलिक तथा ग्रामीण कथावस्तुमा बनेका फिल्महरु मात्र सहभागी हुने महोत्सवका लागि गतफागुनमा फिल्म दर्ता खुल्ला भएको थियो । 

महोत्सवमा गाउँले परिवेशमा बनेका स्वदेशी फिचर तथा लघु फिल्म, डकुमेन्ट्री तथा भाषाभाषीका फिल्महरु प्रदशर््न हुनेछ । महोत्सवमा स्क्रिनिङ हुने फिल्महरुमध्ये उत्कृष्टलाई अवार्ड समेत प्रदान गरिनेछ ।

‘दर्शकलाई नेपाली मौलिक फिल्मप्रति आकर्षित गराउनु, नियमित नेपाली फिल्म हेर्ने बानी बसाल्नु, स्थानीय भाषा, कला, संस्कृति एवं पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्नु महोत्सवको मुख्य उद्देश्य हो’, सापकोटाले भने ।
अघिल्लो पटकको भन्दा यो संस्करण थप वृहत् र व्यवस्थित  गर्न आयोजक लागेको छ । चलचित्र विकास बोर्डको सहकार्यमा हुन लागेका महोत्सवको खर्च १५ लाख अनुमान गरिएको छ । गत वर्ष महोत्सव बैशाखमा गोरखाको लाप्राकमा आयोजना भएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप