भारतीय संसद्को भित्तेचित्रमा लुम्बिनी र कपिलवस्तु राखेपछि बाबुराम भट्टराईको आपत्ति

काठमाडौं। पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले भारतले आफनो नयाँ संसद भवनमा राखिएको भितेचित्रमा अंकित भौगलिक पहिचानप्रति चासो व्यक्त गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हालै उद्घाटन गरेको संसद भवनमा अंकित भित्तेचित्रमा नेपालको कपिलवस्तु र लुम्बिनीलाई पनि भारतीय भूमि झै दर्शाउने गरी अंकित गरेपछि भट्टराईले चासो व्यक्त गरेका हुन् ।
उनले नेपाली भूमि लुम्बिनी र कपिलवस्तुलाई नै भारतीय भूमि झै उल्लेख गर्ने विषयले दुई देशका बिचमा आपसी कुटनीतिक सबन्धमा दरार आउनेसक्ने जनाएका छन् ।
‘भारतको भर्खरै उद्घाटन गरिएको नयाँ संसद भवनमा ‘अखंड भारत’ को विवादास्पद भित्ते चित्रले नेपाललगायत छिमेकीमा अनावश्यक र हानिकारक कूटनीतिक विवाद निम्त्याउन सक्छ, यसले भारतका निकटतम छिमेकीहरू बीचको द्विपक्षीय सम्बन्धलाई पहिले नै बिगार्ने विश्वासको घाटालाई अझ बढाउने सम्भावना छ,’ उनले भने ।
भारतीय राजनीतिक नेतृत्वले यस भित्तिचित्रको वास्तविक अभिप्राय र प्रभावलाई समयमै खोलेर सञ्चार गर्नु बुद्धिमानी हुने उनले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘प्राधिकरणले गर्मीको बेला सूचनाबिना लाइन काट्यो’
-
आफू जन्मिनुभन्दा अगाडि नै प्रधानमन्त्री भइसकेका नेता ‘डेट एक्सपायर’ भए : डाँगी
-
‘कोशी र रोशी खोलाको बाढीको क्षतिबारे सरकारले केही गरेन’
-
‘कसैले कोहीसँग भेटेर तस्बिर खिचाउँदैमा गठबन्धनमा कुनै असर पर्दैन’
-
केही भएन भनेर भ्रम फिँजाउनेहरू नेपाल विरोधी वर्ग हुन् : मन्त्री खड्का
-
भारत र पाकिस्तानबिच तनाव : चर्चामा चीनको ‘जे–१० सी’