सगरमाथा म्युजिक अवार्डको पाँचौ संस्करण हुने

काठमाडौँ । पाचौं संस्करणको सहारा ग्रुप ‘सगरमाथा म्युजिक अवार्ड २०८०’ आयोजना हुने भएको छ । आयोजकले एक विज्ञप्ती मार्फत आवेदन खुल्ला गरिएको जनाएको हो ।
अर्थ नेपाल प्रालिको आयोजना रहेको अवार्डमा ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ हुन लागेको हो ।
२०७९ वैशाखदेखि चैत्रसम्म बजारमा आएका गीतसंगीतले अवार्डमा सहभागिता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड संयोजक मनोज थापाले जानकारी दिए ।
अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, लोकदोहोरी र पपविधाका विभिन्न विधा समेटिनेछ । अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ ।
गीतसंगीतको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्था अर्थ नेपालले जनाएको छ ।
त्यसै कार्यक्रममा एकजना अग्रज रंगपत्रकारलाई नगदसहित रजतपत्रकारिता सम्मान गरिने छ । अवार्डको आवेदन फारम सगरमाथा म्युजिक अवार्डको अफिसियल वेवसाइटबाट भर्न सकिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सर्वसम्मत हुन नसकेपछि जसपाले महाधिवेशनबाटै पदाधिकारी चयन गर्ने
-
माओवादीले विद्यालय शिक्षासम्बन्धी विधेयक संशोधन गर्न सबै पक्षसँग परामर्श गर्ने
-
असोज २४ गतेदेखि एमाले मधेस प्रदेश अधिवेशन, लोगो र नारा सार्वजनिक
-
राष्ट्रपतिसहित विशिष्ट व्यक्तिले ‘नो भेहकल जोन’ पालना गरेकोमा मेयर बालेनले गरे खुशी व्यक्त
-
मधेसमा सुशासन कायम गर्न एमालेको सरकार बन्नुपर्छ : सचिव भट्टराई
-
टाउकोमा कालोपट्टी बाँधेर शिक्षकहरूले गरे प्रदर्शन