सगरमाथा म्युजिक अवार्डको पाँचौ संस्करण हुने
काठमाडौँ । पाचौं संस्करणको सहारा ग्रुप ‘सगरमाथा म्युजिक अवार्ड २०८०’ आयोजना हुने भएको छ । आयोजकले एक विज्ञप्ती मार्फत आवेदन खुल्ला गरिएको जनाएको हो ।
अर्थ नेपाल प्रालिको आयोजना रहेको अवार्डमा ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवर्द्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ हुन लागेको हो ।
२०७९ वैशाखदेखि चैत्रसम्म बजारमा आएका गीतसंगीतले अवार्डमा सहभागिता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी दिए । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड संयोजक मनोज थापाले जानकारी दिए ।
अवार्डमा राष्ट्रिय, चलचित्र, आधुनिक, लोकदोहोरी र पपविधाका विभिन्न विधा समेटिनेछ । अवार्डमा नेपाली गीतसंगीतको क्षेत्रमा योगदान पु¥याएका एक जना विशिष्ट व्यक्तिलाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिने छ ।
गीतसंगीतको क्षेत्रमा विशिष्ट योगदान पु¥याउने संंगीतकर्मीलाई विशेष सम्मान गरिने अवार्डमा कला क्षेत्रमा कलम चलाउने पत्रकारलाई समेत सम्मान गरिने आयोजक संस्था अर्थ नेपालले जनाएको छ ।
त्यसै कार्यक्रममा एकजना अग्रज रंगपत्रकारलाई नगदसहित रजतपत्रकारिता सम्मान गरिने छ । अवार्डको आवेदन फारम सगरमाथा म्युजिक अवार्डको अफिसियल वेवसाइटबाट भर्न सकिने आयोजकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अवैध लागुऔषधसहित ११ जना पक्राउ
-
हेजबुल्लाहविरूद्ध थप ‘सर्जिकल’ आक्रमण गर्न ट्रम्पको आग्रह
-
ठमेलको स्क्याम सेन्टरसँग कम्बोडिया ‘कनेक्सन’
-
‘नेतृत्वमा नारी, समृद्धिमा सहकारी’ नारासहित अन्तर्राष्ट्रिय महिला सहकारी सम्मेलन हुँदै
-
एलिनाको ‘रुकुमको ठग’ टिप्पणीपछि आयोजकको प्रतिवाद, ‘सबै प्रमाण सुरक्षित छ, कानुनी उपचार खोज्छु’
-
रास्वपा अन्तर्राष्ट्रिय सम्बन्ध विभाग सदस्यमा कार्की मनोनीत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण