पत्रकारहरूको सुरक्षाका लागि लुम्बिनी प्रदेश सरकार प्रतिबद्ध

बुटवल । लुम्बिनी प्रदेश सरकारका आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्री सन्तोष कुमार पाण्डेयले पत्रकारहरूको सुरक्षाका लागि प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।
लुम्बिनी प्रेस क्लब रुपन्देहीले बुधवार गरेको कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले पत्रकारको दुर्घटना बीमा नवीकरणका लागि काम अगाडि बढाइने बताए । उनले बाँकी रहेका सञ्चारसम्बन्धी ऐन बनाउन तथा सञ्चार संस्था र पत्रकारको सुरक्षाका लागि पनि सरकार अघि बढेको बताए ।
उनले मन्त्री, नेताको मात्र नभई आम नागरिकको भावना र विचार मिडियाले समेट्न आवश्यक रहेको बताउँदै पिछडिएको क्षेत्रका समाचारलाई मिडियाले प्राथमिकता दिनुपर्नेमा जोड दिए ।
लुम्बिनी प्रदेश सरकारका प्रवक्तासमेत रहेका मन्त्री पाण्डेयले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय उडानका लागि निरन्तर पहल गरिरहेको जानकारी बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपाल नागरिकता नियमावली राजपत्रमा प्रकाशित
-
राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट फिल्म गायब भएपछि ‘प्रकाश’ टिम पुग्यो अदालत
-
आन्दोलनमा शिक्षकले बोटबिरुवा माडेपछि बालेनले सम्झिए देवकोटाको कविता
-
इन्डो–प्यासिफिक सैन्य प्रमुख सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति
-
रातोपाटी ब्रिफिङ : चर्किँदो शिक्षक आन्दोलनदेखि शेखर–गगन पक्षको ओरालो यात्रासम्म
-
अतिकम विकसित देशहरूलाई वित्तीय साधन परिचालनको खाँचो छ : मन्त्री साउद