शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

अंशबण्डाको विषयमा बुबाको हत्या

शुक्रबार, १९ जेठ २०८०, १२ : ४०
शुक्रबार, १९ जेठ २०८०

इलाम । अंशबण्डाको विषयमा विवाद हुँदा इलाममा एक जनाले आफ्नै बुबाको हत्या गरेका छन् । आफ्नै बुबा ७० वर्षीय लोकबहादुर कुमालको हत्या गरेको अभियोगमा माई नगरपालिका–२ चेप्टी बस्ने ३२ वर्षीय दीपक कुमाललाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

दीपकले जेठ ८ गते कुटपिट गर्दा गम्भीर घाइते भएका लोकबहादुरको बिर्तासिटी अस्पतालमा उपचारको क्रममा शुक्रबार बिहान मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय इलामबाट खटिएको प्रहरीले कुटपिटमा संलग्न दीपकलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप