शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

अगामी आर्थिक वर्षको बजेट प्रतिवद्धता पुरा गर्नेतर्फ लक्षित हुनेछ : अर्थमन्त्री यादव

शुक्रबार, १९ जेठ २०८०, २२ : १८
शुक्रबार, १९ जेठ २०८०

जनकपुरधाम । मधेस प्रदेश सरकारका अर्थमन्त्री सञ्जयकुमार यादवले अगामी आर्थिक वर्षको बजेट जनतासमक्ष गरिएका प्रतिबद्धतालाई पुरा गर्नेतर्फ लक्षित हुने बताएका छन् । शुक्रबार मधेस प्रदेशसभाको बैठकमा उनले विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकता प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।

विनियोजन विधेयक २०८० को सिद्धान्त र प्राथमिकता छलफलका लागि सभामा प्रस्तुत गदैै उनले अगामी आर्थिक वर्षको बजेट दिगो, फराकिलो एवम् समावेशी आर्थिक बृद्धिदर हासिल गर्ने, सेवा प्रवाहमा सुधार र स्रोत साधनको परिचालनमा प्रभावकारिता कायम गर्नेतर्फ लक्षित हुने दाबी गरे ।

यादवले कोभिड–१९ को प्रभाव, युक्रेन–रसिया युद्ध र विश्वको आर्थिक परिदृष्यमा देखिएको कारणले आर्थिक गतिविधिमा संकुचन हुन गई मुलुकको अर्थतन्त्र दबाबमा रहेको बताए । यस्तो अवस्थामा आफूले अर्थमन्त्रीको जिम्मेवारी सम्हालेको स्मरण गर्दै उनले चालू आर्थिक वर्षमा उत्पादन, व्यापार एवम् निर्माण क्षेत्र सुस्ताएकोले आर्थिक वृद्धि न्युन हुने देखिएको बताए ।

मन्त्री यादवले लक्ष्य अनुरुप राजश्व परिचालन हुन नसकेको बताउँदै सरकारी खर्चको प्राथमिकिकरण हुन नसक्दा साधन स्रोत छरिने गरी विनियोजन गर्ने र आर्थिक वर्षको अन्त्यतिर खर्च गर्ने प्रवृति कायमै रहेको जिकिर गरे । साधारण खर्चमा वृद्धि हुँदै गएको र आयोजना कार्यान्वयन कमजोर हुँदा पूँजीगत खर्च न्युन हुनुका साथै खर्चको प्रभावकारिता बढ्न नसकेको उनले सुनाए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप