प्रधानमन्त्रीद्वारा टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन
शनिबार, २० जेठ २०८०, १२ : १२

नयाँ दिल्ली । चार दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ हाल मध्य प्रदेशमा रहेका छन् । राजधानी नयाँ दिल्लीमा औपचारिक कार्यक्रमहरू सकेर प्रधानमन्त्री दाहाल शुक्रबार मध्य प्रदेश पुगेका हुन् ।
मध्य प्रदेशमा शनिबार प्रधानमन्त्री तथा भ्रमण दलका सदस्यहरूले इन्दौरमा रहेको टाटा कन्सल्टेन्सी सर्भिसेसको अवलोकन गरेका छन् । प्रधानमन्त्रीसँग भ्रमण दलमा रहेका मन्त्री तथा व्यवसायीहरू पनि स्थलगत अवलोकनमा सहभागी थिए । प्रधानमन्त्री दाहालले भ्रमणका क्रममा त्यहाँको परिसरमा वृक्षारोपण पनि गरेका छन् ।
यसअघि प्रधानमन्त्री फोहोर व्यवस्थापन केन्द्र, टीसीएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गरेका थिए भने प्राचीन सहर उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिरमा पूजा गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नुपर्छ : उपेन्द्र यादव
-
रोहित शर्मालाई पछ्याउँदै टेस्ट क्रिकेटबाट विराट कोहलीको पनि सन्न्यास
-
ठिमीमा जेसुम यात्रा : संस्कृति र सम्पदा उजागर गर्ने प्रयास
-
जडीबुटी चोकदेखि पेप्सीकोलासम्म सडक सीमा क्षेत्रका अनधिकृत संरचना हटाउन निर्देशन
-
सचिवहरू र मुख्यसचिवसमेतको दबाबले अवकाशको उमेर कार्यान्वयन विधिमा विवाद
-
संसद भवन निर्माणको म्याद पाँचौँ पटक थपिँदै, राज्यलाई ६० करोड व्ययभार