भावी नेतृत्व जोडिएपछि सशस्त्रको एआईजी बढुवा पेचिलो

काठमाडौँ । सशस्त्र प्रहरीमा एक जना अतिरिक्त महानिरीक्षक (एआईजी)को पद रिक्त छ । वैशाख २ मा एआईजी चन्द्रप्रकाश (सीपी) गौतम अवकाशमा गएसँगै पद रिक्त भएको हो । गौतमको अवकाशसँगै सशस्त्रको सीमा सुरक्षा विभाग पनि नेतृत्वविहीन छ ।
भारत र पाकिस्तान बिचमा तनाव सुरु भएसँगै त्यसबाट देखि नसक्ने सुरक्षा चुनौतीको सामान गर्न सीमा सुरक्षा विभागलाई नेतृत्व विहीन बनाउन नहुने सशस्त्रका अधिकृतहरू बताउँछन् । हाल सीमा सुरक्षा विभागको निमित्तको जिम्मेवारी डीआईजी कमल गिरीले सम्हालेका छन् ।
गृह मन्त्रालयले एआईजी बढुवाको प्रक्रिया सुरु गरेको छ । तर, तीव्र प्रतिस्पर्धा भएसँगै बढुवा टुङ्गोमा पुग्न सकेको छैन । वैशाख १४ मा बढुवा समितिले ७ दिनको सूचना प्रकाशन गरेको थियो । सूचना अनुसार ८ जना डीआईजीहरुले आवेदन फारम भरेका छन् ।
दरखास्त फारम बुझाउनेमा डीआईजीहरु कमल गिरी, गणेश ठाडा, शम्भु सुवेदी, कुलबहादुर नेम्वाङ, लक्ष्मण सिंह र प्रदीपकुमार पाल छन् । सशस्त्र प्रहरी स्थापना भएपछि भर्ना भएको पहिलो टोली सिसम–१ बाट डीआईजीद्वय सुरेश श्रेष्ठ र अन्जनीकुमार पोखरेलले पनि एआईजी बढुवाको फारम भरेका छन् ।
सशस्त्रको भावी नेतृत्व जोडिएपछि एआईजी बढुवा पेचिलो बन्दै गएको छ । सङ्घीय संसदमा छलफलमा रहेको सशस्त्र प्रहरी विधेयक पास नभएको अवस्थामा अहिले एआईजी हुने अधिकृत सशस्त्रको नेतृत्वमा पुग्नेछन् ।
मेरिट लिस्टमा अगाडि रहेका कमल गिरी, गणेश ठाडा, शम्भु सुवेदी र कुलबहादुर नेम्बाङ प्रतिस्पर्धामा अगाडी छन् । २०८१ पुस २३ मा मन्त्रिपरिषद्ले चारै जनाको म्याद थपेको थियो । उनीहरूमध्येमा जो एआईजी भए पनि सशस्त्र प्रहरीको नेतृत्वमा पुग्ने अवस्था रहेको सशस्त्रका एक जना उच्च अधिकृतले रातोपाटीलाई बताए ।
ती अधिकृत भन्छन्– ‘सो समूहबाट एआईजी हुने एक जनाले कम्तीमा दुई वर्ष सशस्त्रको नेतृत्व सम्हाल्ने अवस्था छ ।’ एआईजी नहुने अधिकृतचाहिँ डीआईजीको थप एकवर्षे पदावधि पुरा गरेर अवकाशमा जान्छन् । सो समूहभन्दा डेढ वर्षपछि डीआईजीमा बढुवा भएका लक्ष्मण सिंह र प्रदीपकुमार पाल पनि प्रतिस्पधार्मा छन् । उनीहरूमध्येबाट एआईजी भए पनि नेतृत्वमा पुग्ने अवस्था छ ।
सिंह र पालभन्दा पछि डीआईजी भएका सुरेश श्रेष्ठ र अन्जनीकुमार पोखरेल पनि एआईजीको प्रतिस्पर्धामा छन् । विद्यमान सशस्त्र प्रहरीको ऐन र नियमावली अनुसार सिसम–१ का उनीहरू एआईजी हुन सफल भएमा नेतृत्वमा पूर्ण कार्यकाल रहने अवस्था छ ।
नेतृत्वमा पुग्न सक्ने अवस्था भएको हुनाले अधिकृतहरूले शक्तिकेन्द्र मार्फत लबिङ गरिरहेका छन् । गृह मन्त्रालय स्रोतका अनुसार कमल गिरी र गणेश ठाडाको बिचमा कडा प्रतिस्पर्धा देखिएको छ । राजनीतिक नेतृत्व तहबाट निर्णय नभएसम्म बढुवा सिफारिस नहुने अवस्था रहेको गृहका एक जना अधिकृतले बताए । ती अधिकृत भन्छन्– ‘नेतृत्व तहबाट नाम तोकेर सिफारिस गर्ने आदेश नहुँदासम्म बढुवा सिफारिस सूची प्रकाशन नहुने अवस्था छ ।’
गृहसचिव गोकर्णमणि दुवाडी विदेश भ्रमणमा गएका कारण गत साता बढुवा सिफारिस हुन सकेन । दुवाडी विपद् व्यवस्थापन सम्बन्धी कार्यक्रममा श्रीलंका गएर आइतबार फर्किसकेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : के गर्दैछ रुपन्देही प्रहरी ?
-
आफ्नो वायु रक्षा प्रणालीमा शत्रु घुस्न असम्भव : भारतीय सेना
-
१० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो ‘कर्णाली छोरी सम्मेलन’
-
पाकिस्तानका पूर्व प्रधानमन्त्रीले किन गरेका थिए शाहरुख खानलाई गाली ?
-
मोदीले राष्ट्रको नाममा सम्बोधन गर्ने
-
कराते महासंघको तदर्थ समिति गठनले विवाद, पर्शुरामसँग आक्रोश