ओडिशा रेल दुर्घटना : आमा हराइरहेकी थिइन्, उनको शवको फोटो देखेँ
ओडिशाको बालसोर जिल्ला नजिकै शुक्रवार साँझ ७ बजे भयानक रेल दुर्घटना भएको थियो जसमा अहिलेसम्म २७७ जनाको मृत्यु भएको छ भने करिब ८०० जना घाइते भएका छन् ।
दुर्घटनामा तीन वटा रेल एक आपसमा ठक्कर खाएका थिए । जसमा कोरोमण्डल एक्सप्रेस (१२८४१ शालीमार (हावडा नजिक) बाट चेन्नई गइरहेको), १२८६४- सर एम. विश्वेश्वरया- हावडा सुपरफास्ट एक्सप्रेस ट्रेन (यशवन्तपुर देखि हावडा जाँदै गरेको) र मालगाडी (बहानागा बजार स्टेशनमा उभिएको) छन् । दुर्घटनामा कोरोमण्डल एक्सप्रेस र सुपरफास्ट एक्सप्रेसका १७ वटा डिब्बा पटरीबाट उछिटिएका थिए ।
बीबीसीले दुर्घटनामा परेका आफन्तसँग कुराकानी गरेको छ । तीमध्ये सूर्यवीर पनि एक हुन् ।
यहाँ सूर्यवीरको भनाई जस्ताको तस्तै राखिएको छ
मेरी आमा र हजुरआमा रेलमा हुनुहुन्थ्यो । उहाँहरू औषधी किन्न सहर जानुभएको थियो ।
दुर्घटना भएको केही समयपछि मैले हजुरआमालाई त भेटेँ । उहाँ सकुशल हुनुहुन्छ । तर आमा हराइरहनुभएको थियो । उहाँलाई जताततै खोज्यौँ तर कतै भेट्न सकिएन ।
के गर्ने, कसो गर्ने भनेर दिमागले सोच्न सकिरहेको थिएन । मैले आफ्ना साथी र सहयोगी सबैलाई आमाको फोटो पठाइदिएको थिएँ । उहाँको नम्बर पनि साझा गरेँ । उहाँले लगाइरहेको लुगाको विवरण पनि दिएँ ।
आज बिहान मलाई एक जना साथीले फोन गरे । उनलाई मलाई एउटा शवको फोटो पठाए– त्यो मेरो आमाको थियो । उहाँले त्यही लुगा लगाउनुभएको थियो ।
अहिलेको मेरो एउटै इच्छा भनेको उहाँको शवलाई आफ्नो गाउँमा सुरक्षित ल्याउनु हो ता कि उहाँको अन्तिम संस्कार गर्न सकौँ । तर यहाँ स्थिति तनावपूर्ण छ । यहाँ न त रेल चलिरहेको छ, न बस नै । जताततै जाम छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
-
किन बारम्बार पार्टनरको फोनमा जान्छ नजर ?
-
मन्त्री फेर्ने विषयमा छलफल गर्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक जारी
-
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण