शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय
विश्व अग्रज दुर्व्यवहार जागरूकता दिवस (१५ जुन)

आश्रममा पहिरो

बिहीबार, ३२ जेठ २०८०, ०९ : १२
बिहीबार, ३२ जेठ २०८०

आजकल एकाएक 
भत्कँदै गएको छ
मनको पहिरो।


खै किन–किन मन उजाडिएर फुङ्ग उडेको छ
दिन प्रतिदिन हरियाली जङ्गलहरू फाँडिदै गएकाले 
सायद जताततै बलियो गरी उभिन खोज्दा पनि भत्किरहन्छ
आश्रममा पहिरो गएको छ ।


अनायासै घर–परिवारलाई पहिरोले रुखो बनाएको छ
खाडी उड्ने जहाजले मनको पहिरो झनै भासिन्छ
जतासुकै
उफ!
समाज चोक, गल्ली , सडक र चोकमा
दुर्व्यवहार, घरेलु हिंसाको, आर्थिक र सामाजिक घृणाको
पहिरो खसेको देखिन्छ ।


लम्पसार बनेको न्यायालयले पहिरो रोक्नुको साटो अझ 
पहिरो बढ्न मलजल गर्दै छ 
जमिनलाई नखस्ने गरी समातिएका जरालाई
खनिरहनेहरूको समूह बढिरहेछ
न त बलियो गरी पर्खाल लगाउने स्रोत नै बन्छ
अपमान र तिरस्कार, हेय भावनाले स्वर्ग समान धर्तीलाई 
छियाछिया बनाई लडाइरहेको छ ।
कतै कानुनले बाँधेन पहिरो
क्षति पुर्याउने पीडकलाई बाँधेन
मात्र होस्टाइल बनी रमिता हेरिरह्यो 
विडम्बना,दुर्व्यवहारको पहिरोलाई कोही रोक्न सकेन ।
(कवि मानव अधिकार अधिकृत हुन् ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कल्पना नेपाल आचार्य
कल्पना नेपाल आचार्य
लेखकबाट थप