आश्रममा पहिरो
आजकल एकाएक
भत्कँदै गएको छ
मनको पहिरो।
खै किन–किन मन उजाडिएर फुङ्ग उडेको छ
दिन प्रतिदिन हरियाली जङ्गलहरू फाँडिदै गएकाले
सायद जताततै बलियो गरी उभिन खोज्दा पनि भत्किरहन्छ
आश्रममा पहिरो गएको छ ।
अनायासै घर–परिवारलाई पहिरोले रुखो बनाएको छ
खाडी उड्ने जहाजले मनको पहिरो झनै भासिन्छ
जतासुकै
उफ!
समाज चोक, गल्ली , सडक र चोकमा
दुर्व्यवहार, घरेलु हिंसाको, आर्थिक र सामाजिक घृणाको
पहिरो खसेको देखिन्छ ।
लम्पसार बनेको न्यायालयले पहिरो रोक्नुको साटो अझ
पहिरो बढ्न मलजल गर्दै छ
जमिनलाई नखस्ने गरी समातिएका जरालाई
खनिरहनेहरूको समूह बढिरहेछ
न त बलियो गरी पर्खाल लगाउने स्रोत नै बन्छ
अपमान र तिरस्कार, हेय भावनाले स्वर्ग समान धर्तीलाई
छियाछिया बनाई लडाइरहेको छ ।
कतै कानुनले बाँधेन पहिरो
क्षति पुर्याउने पीडकलाई बाँधेन
मात्र होस्टाइल बनी रमिता हेरिरह्यो
विडम्बना,दुर्व्यवहारको पहिरोलाई कोही रोक्न सकेन ।
(कवि मानव अधिकार अधिकृत हुन् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण