वीरेन्द्रनगरमा नगर बस सेवा सुरु
सुर्खेत । कर्णालीको राजधानी समेत रहेको वीरेन्द्रनगरमा आजदेखि नगर बस सेवा सुरु भएको छ । सुर्खेतका यातायात व्यवसायीहरुको साझा पहल र नगरपालिकाको समन्वयनमा नगर बस सेवा सुरु भएको हो ।
नगरपालिकाका नगरप्रमुख मोहनमाया ढकालले नगर बस सेवाको आरम्भ गरेकी हुन् । उनले नागरिकको आवश्यकताअनुसार नगर माइक्रो सेवाले सुरक्षित र भरपर्दो सेवा प्रदान गरिनेमा विश्वास व्यक्त गरिन् । आजदेखि सुरु भएको नगर बसको भाडादार रु.२० मात्रै तोकिएको छ । यो भाडादार धुलियाविटदेखि बाँगे सिमलसम्मको हो । मुख्यगरी फोरलेन सडकको धुलियाविटबाट मंगलगढी चोक, एरिचोक हुँदै मुलपानीदेखि प्रदेश अस्पताल भएर बाँगेसिमल पुग्ने गरी नगर बस सञ्चालन गरिएको छ । यही रुट भएर गाडीहरू पुनः धुलियाविट पुग्नेछन् । १० वटा माइक्रो गाडी १०–१० मिनेटको फरकमा छुट्ने कार्य तालिका बनाइएको छ ।
काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले यात्रुलाई सहज सेवाका लागि भाडादार रु.२० मात्र कायम गरिएको बताए ।
धुलियाविटदेखि बाँगेसिमलसम्मको भाडा २० रुपैयाँ कायम गरिएको छ भने बाँकी एक चोकबाट अर्को चोकसम्म पुग्न पनि भाडादार २० रुपैयाँ नै कायम गरिएको छ । अब मंगलगढी–काँक्रेविहार, मंगलगढी–एयरपोर्ट, बामेखोला, गणेशचोक–आँखा अस्पताल चोक हुँदै कालिन्चोक, नेवारे लगायतका भित्री रुटहरूमा पनि माइक्रो बस थप गरिने बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेयर बजारमा २४.६३ अंकको गिरावट, नेप्से २६ सय नजिक
-
एक महिनासम्म किन केन्द्रमा पुगेन कांग्रेसको क्रियाशील सदस्यतासम्बन्धी विवरण ?
-
देशैभर किन झ्याप्प–झ्याप्प गइरहेको छ बिजुली ?
-
सिलिचोङमा पहिरो : विस्थापितको सङ्ख्या २८, विद्युत सेवा अवरूद्ध, ६ सय घर अन्धकारमा
-
विद्युत् प्रवाहमा अवरोध हटाउन जनशक्तिको व्यवस्था
-
लागुऔषधसहित पाँच जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण