शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

मुख्यसचिव अर्याललाई भेटेर परिसंघले भन्यो – अर्थतन्त्र चुनौतीपूर्ण अवस्थामा छ, समाधान गर्नुपर्छ

शनिबार, ०२ असार २०८०, १० : २८
शनिबार, ०२ असार २०८०

काठमाडौँ । नेपाल उद्योग परिसंघले नवनियुक्त मुख्य सचिव डा. वैकुण्ठ अर्यालसँग भेटवार्ता गरेको छ । परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल नेतृत्वको परिसंघ टोलीले नवनियुक्त मुख्य सचिव अर्यालसँग भेट गरी बधाई तथा शुभकामना दिँदै विद्यमान अर्थतन्त्रका विषयमा छलफल गरेको हो ।

परिसंघका अध्यक्ष अग्रवालले अर्थ, उद्योग, वाणिज्य क्षेत्र बुझेको व्यक्ति मुख्य सचिव हुनु भएकोमा खुसी व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे । अर्थतन्त्रको वर्तमान अवस्था चुनौतीपूर्ण रहेको भन्दै उनले लगानी बढाएर मात्र अर्थतन्त्रलाई चलायमान बनाउन सक्नेमा जोड दिए ।

परिसंघले बजेटको प्रभावकारी कार्यान्वयनमा रचनात्मक सहयोग गर्ने गरी निजी क्षेत्रकै तर्फबाट पहिलो पटक ‘बजेट वाच’ कार्यक्रम सञ्चालन गरिरहेको छ । सरकारले आगामी आर्थिक वर्षको बजेटको प्रभावकारी कार्यान्वयनका लागि बजेट कार्यान्वयन अनुगमन समिति बनाउने घोषणा गरेको छ ।

यसको स्वागत गर्दै अध्यक्ष अग्रवालले उक्त समितिमा परिसंघको प्रतिनिधित्व गराउन आग्रह गरे । परिसंघको बधाई तथा अर्थतन्त्र सुधारका सुझाव ग्रहण गर्दै नवनियुक्त मुख्य सचिव डा. अर्यालले अर्थतन्त्रको समस्या समाधानका लागि लगानी वृद्धि गर्न अपरिहार्य रहेको बताए । उनले पुँजीगत खर्च बढाउन आवश्यक रहेको भन्दै त्यसलाई प्राथमिकतामा राखेर काम गर्ने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप