पहिलो हाफमा नेपालविरुद्ध कुवेतलाई २-० को अग्रता
काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलको बुधबार भएको उद्घाटन खेलमा कुवेतले पहिलो हाफमै नेपालविरुद्ध दुई गोल गरेको छ । भारतको बैंगलोरस्थित श्री कांतिराव स्टेडियममा भएको खेलमा कुवेतका लागि पहिलो गोल खेल सुरु भएको २३ औं मिनेटमा खालिद हाजिइयाले गरेका थिए । आफ्ना साथीले बायाँतर्फको कर्नरबाट उपलब्ध पासलाई सदूपयोग गर्दै उनले खाली पोष्टमा गोल गरेका थिए । त्यतिबेला नेपाली टोलीका गोलरक्षक किरणकुमार लिम्बु पनि अगाडि बढेका थिए । दोस्रो गोल भने निर्धारित समयको ४१औं मिनेटमा एस.खालदीले गरेका हुन् । उनले डिबक्सभित्रबाट गरेको प्रहार गोलरक्षक किरणलाई समेत छक्याउँदै गोलमा परिणत भएको थियो ।
त्यसअघि खेलको ३५ औं मिनेटमा अञ्जन बिष्टले विपक्षीको डीबक्स नजिकै बल पाएका थिए । कुवेतका डिफेन्ससमेत केही पछाडि थिए । तर, बल मिलाउन केही समय लाग्दा उनी गोल गर्नबाट चुके । त्यसलगत्तै ३५औं मिनेटमै मोहम्मद अब्दुल्लाहको हेड प्रहार पोष्टमा लागेर फर्किएपछि नेपाल गोल खानबाट जोगिएको थियो । दक्षिण एसियाली फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिप बुधबारदेखि सुरु भएको हो । पुरुष साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको यो १४ औं संस्करण हो । यसपटक साफ च्याम्पियनसिपमा आठवटा राष्ट्रको सहभागिता रहेको छ । प्रतियोगितामा नेपालसहित आयोजक भारत, बंगलादेश, भुटान, पाकिस्तान, माल्दिभ्स, कुवेत र लेबनानले प्रतिस्पर्धा गर्दैछन् ।
_CK0XZkHdVl.jpg)
विश्व फुटबल महासंघ (फिफा) को प्रतिबन्धमा परेका कारण श्रीलंकाले भने यो संस्करणमा सहभागिता जनाउन पाएन । यसपटक कुवेत र लेबनानलाई भने आमन्त्रित टोलीको रुपमा सहभागी गराइएको हो । नेपाल साफ च्याम्पियनसिपको साविक उपविजेता टोली हो । पहिलो दिन बधुबार नै साँझ आयोजक भारत र पाकिस्तानबीच अर्को खेल हुनेछ । कुवेत र नेपालबीच पछिल्लो पटक गत वर्षको जेठमा प्रतिस्पर्धा भएको थियो । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत कुवेतमा भएको उक्त खेलमा घरेलु टोलीले नेपाललाई ४–१ गोलले हराएको थियो ।
नेपाल र कुवेतबीच हालसम्म नौवटा खेल भएको छ । त्यसमध्ये आठवटा खेलमा कुवेत विजयी भएको छ । एक खेल भने बराबरीमा सकिएको छ । यसपटक प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै साविक विजेता भारत, कुवेत र पाकिस्तान रहेका छन् । समूह ‘बी’ मा भने लेबनान, माल्दिभ्स, भुटान र बंगलादेश रहेका छन् । नेपालले आफ्नो दोस्रो खेल असार ९ गने भारतसँग खेल्नेछ । नेपालले तेस्रो तथा अन्तिम खेल असार १२ गने पाकिस्तानसँग खेल्नेछ ।
सबैभन्दा बढी साफ च्याम्पियनसिपको उपाधि जित्ने राष्ट्र भारत हो । भारतले हालसम्म आठ पटकसाफ च्याम्पियनसिपको उपाधि जितेको छ । यसैगरी माल्दिभ्सले दुईपटक साफ च्याम्पियनसिप जितेको छ । बंगलादेश, श्रीलंका र अफगानिस्तानले एकरएक पटक उपाधि जितेका छन् । अफगानिस्तान भने यसपटक प्रतियोगितामा सहभागी छैन ।
_ReKGIlRzYt.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्व सांसद तथा एमाले नेता गुप्ताको निधन
-
नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन
-
रुद्र गौरी श्री अम्बिका ओली प्रतिष्ठानद्वारा पुरस्कार घोषणा
-
पोखरा बसपार्कमा कहिले चल्छ डोजर ?
-
दुई दिने बिदा पुनर्विचार गर्दै कोशी प्रदेश
-
सीमा विवादमा बेलायतको इन्ट्रीदेखि प्रधानमन्त्री बालेनको भारत भ्रमणबारे परराष्ट्रमन्त्रीले के भने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण