नबिल बैंकद्वारा नेपाल–भारत–नेपाल क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सञ्चालन
सारांश
- नबिल बैंकले नेपाल र भारतबीच तत्काल पैसा पठाउन र प्राप्त गर्न सकिने क्रस-बोर्डर पीटुपी रेमिट्यान्स सेवा सुरु गरेको छ।
- यस सेवामार्फत नबिल बैंकमा खाता भएका भारतीय नागरिकले भारतमा रहेका परिवार तथा साथीभाइलाई तत्काल पैसा पठाउन सक्नेछन् भने नेपाली तथा भारतीय नागरिकले नेपालमा रहेका नबिल बैंक प्रयोगकर्तालाई रकम पठाउन सक्नेछन्।
- सीमापार भुक्तानीलाई सरल, सुरक्षित र सहज बनाउने उद्देश्यले सञ्चालन गरिएको यस सेवामा दैनिक र मासिक सीमा तोकिएको छ।
काठमाडौँ। नबिल बैंकले नेपाल–भारत–नेपाल क्रस-बोर्डर पर्सन-टु-पर्सन (पीटुपी) रेमिट्यान्स सेवा सुरु गरेको छ। यस सेवामार्फत ग्राहकहरूले नेपाल र भारतबीच सुरक्षित डिजिटल माध्यमबाट तत्काल पैसा पठाउन र प्राप्त गर्न सक्ने बैंकले जनाएको छ ।
यस सेवाअन्तर्गत नबिल बैंकमा खाता भएका भारतीय नागरिकहरूले अब आफ्नो मोबाइल बैंकिङ एप प्रयोग गरी भारतमा रहेका आफ्ना परिवार तथा साथीभाइलाई तत्काल पैसा पठाउन सक्नेछन्। त्यस्तै, नेपाली तथा भारतीय दुवै नागरिकहरूले नेपालमा रहेका नबिल बैंक प्रयोगकर्ताहरुलाई सजिलै र छिटो रकम पठाउन सक्ने व्यवस्था गरिएको छ।
बैंकका अनुसार यो सेवा दुवै देशका ग्राहकका लागि सीमापार भुक्तानीलाई सरल, सुरक्षित र सहज बनाउन डिजाइन गरिएको हो । “यो सेवा सीमापार भुक्तानीलाई छिटो र सहज बनाउने दिशामा महत्वपूर्ण कदम हो। यसले नेपाल र भारत दुवै देशमा डिजिटल बैंकिङ सेवा सुधार गर्ने तथा ग्राहक सुविधालाई विस्तार गर्ने हाम्रो प्रतिबद्धतालाई प्रतिबिम्बित गर्दछ,” नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले बताए ।
बैंकले सेवाको प्रयोगमा नियामकीय व्यवस्था र सहजता दुवैलाई ध्यानमा राख्दै सीमा तोकिएको छ। नेपालबाट भारततर्फ रकम पठाउँदा ग्राहकले दैनिक अधिकतम भा.रु १५ हजार र मासिक अधिकतम भा.रु १ लाख सम्म पठाउन सक्नेछन्। त्यस्तै, भारतबाट नेपालतर्फ दैनिक अधिकतम भा.रु २ लाखसम्म रकम पठाउन सकिनेछ भने मासिक सीमा लागू हुने छैन।
यो सेवा नेपालमा नेपाल क्लियरिङ हाउस लिमिटेड र भारतमा युनिफाइड पेमेन्ट्स इन्टरफेसको सहकार्यमा सञ्चालन गरिएको बैंकले जनाएको छ ।
नबिल बैंकले देशभर २६६ शाखा सञ्जालसहित ३१८ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको तथा आफ्ना सबै सरोकारवालासँग सहकार्य गर्दै अघि बढ्ने विश्वास राखेको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसात् गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्सपेक्टर गुरुङविरुद्ध भ्रष्टाचार मुद्दामा अनुसन्धान गर्न १० दिन म्याद थप
-
मापसे गरेर सवारी चलाएको अभियोगबाट बच्न आफ्नै मृत्युको नाटक
-
'रामायण'का मेकरहरूले बाँडेका हुन् सुनको शङ्ख ?
-
नेपाल भलिबल लिगको खेलाडी अक्सन, १२९ खेलाडीमाथि बोली लाग्दै
-
रोल्पामा पहिरोमा पुरिएर बेपत्ता भएका दुई जनाको शव भेटियो
-
डाक्टरमाथि आक्रमण गर्नेलाई कडा कारबाही गर्न माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण