कर्णाली प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का सवार गाडी दुर्घटना, ९ जना घाइते
सुर्खेत । नेकपा एकीकृत समाजवादीकी सांसद एवं कर्णाली प्रदेश सभा प्रदेश मामिला समितिका सभापति कल्याणी खड्का सवार गाडी दुर्घटनामा परेको छ । कर्णाली प्रदेश ०२–००१ झ ००४४ नम्बरको गाडी रुकुम पश्चिमको चौरजहारी नगरपालिका–३ घारीपाखामा दुर्घटनामा परेको रुकुम प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी सांसद खड्कासहित नौ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी प्रमुख नमराज भट्टराईका अनुसार घाइते हुनेमा चौरजहारी नगरपालिका –७ का २७ वर्षीय हुकुम विसी, ४१ वर्षीय विनिता गुरुङ, ५१ वर्षीय सिता विक, ५५ वर्षीय सुगन्धा मल्ल, ५७ वर्षीय मदन खड्का, ५५ वर्षीय ललिता गुरुङ, ३९ वर्षीय युवराज गिरी र ३५ वर्षीय नैनसरा विक रहेका छन् ।
गाडी चौरजहारी बजारबाट कोटजहारी जाँदै गर्दा अनियन्त्रित भई सडकबाट ४ मिटर तल खसेको भट्टराईले रातोपाटीलाई जानकारी दिए । घाइतेहरुको मिसन अस्पताल चौरजहारीमा उपचार भइरहेको उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्णालीमा ४३ हजारभन्दा बढी हेक्टर क्षेत्रफलमा धानखेती हुँदै
-
मलेसियामा फिफा विश्वकपसँग सम्बन्धित सट्टेबाजीमा संलग्न ३३१ जना पक्राउ
-
आँप पकाउन क्याल्सियम कार्बाइड प्रयोग नभएको पुष्टि
-
‘असारे पानी साउने झरी’ मा सन्दीप र बिनाको रोमान्स
-
एसेट म्यानेजमेन्ट कम्पनी : बैंकिङ क्षेत्र सुधार्ने सरकारको ‘एक्सन प्लान’
-
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा ठुलो गिरावट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण