जनताको सेवामा समर्पित हुनुहोस् : माधव नेपाल
गौर । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले जनताको सेवामा समर्पित हुन आफ्ना गृह नगरका जनप्रतिनिधिलाई आग्रह गरेका छन् । गौर नगरपालिकाको १२औँ नगर अधिवेशनलाई सम्बोधन गर्दै उहाँले जनप्रतिनिधिलाई रचनात्मक काम गर्न सुझाव दिए ।
रौतहट क्षेत्र नं १ का सांसदसमेत रहेका नेता नेपालले राम्रो काम गर्ने नगरपालिका, गाउँ पालिकालाई थप विकास रकम उपलब्ध गराउन नेपाल सरकारसँग माग गरे । उनले नगरपालिकाका गरिब घरपरिवारलाई पहिचान र परिचयपत्र प्रदान गरी रोजगारीको अवसर प्रदान गर्न गौर नगरप्रमुखसँग आग्रह गरे ।
रौतहट जिल्लामै ठूलो समस्याका रुपमा देखिएको मिटरब्याजी पीडितको पक्षमा स्थानीय प्रशासनलाई छिटोछरितो ढङ्गले काम गर्न अध्यक्ष नेपालले आह्वान गरे ।
गौर नगरप्रमुख शम्भु साहले नगर अधिवेशनमा आर्थिक वर्ष २०८०–८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभयो । नगरपालिकाका नगर उपप्रमुखका तर्फबाट नगर प्रवक्ता अर्जुन सिंहले आर्थिक वर्ष २०८०–८१ का लागि ६८ करोड ३६ लाखको बजेट प्रस्तुत गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्क निर्माणका लागि स्थानीय आफैँले हटाउन सुरु गरे संरचना (तस्बिरसहित)
-
बलियो संघीयताको माग गर्दै जनमतले माइतीघरमा प्रदर्शन गर्ने
-
मोबाइलसँगै नष्ट भयो जन्मदर्ता पनि, प्रशासनले सुनेन अभिभावकको आग्रह
-
दक्षिण सुडानमा द्वन्द्व चर्किँदा तीन लाखभन्दा बढी विस्थापित
-
अष्ट्रेलियामा सार्कको आक्रमणबाट एक जनाको मृत्यु
-
देश नयाँ राजनीतिक संस्कारतर्फ अघि बढ्दैछ : सञ्चारमन्त्री तिमिल्सिना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण