बेथानचोकबारे शोधपत्र तयार गर्ने विद्यार्थीलाई १ लाख सहयोग दिइने
काभ्रे । बेथानचोक गाउँपालिकाबारे स्नातकोत्तर र विद्यावारिधी तहमा शोधपत्र तयार गर्ने विद्यार्थीले प्रति शोधपत्रबापत १ लाख रुपैयाँ सहयोग पाउने भएका छन् । देश विदेशसम्म गाउँपालिकाको प्रचारप्रसार गर्ने अपेक्षासहित यस्तो नीति ल्याइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले आइतबार आर्थिक वर्ष २०८०/८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
उक्त कार्यक्रम १३ औं गाउँसभाबाट सर्वसम्मत पारित भएको छ । त्यसैगरी, प्रत्येक आर्थिक वर्षमा गाउँपालिकाभित्र पूर्वाधार विकासअन्तर्गत गाउँपालिकाभित्र कम्तिमा ५ किलोमिटर सडक कालोपत्रे तथा ढलान गरिने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको छ । दुर्लङखोला च्याम्राङवेसी सुरुङ मार्ग, बाघद्धार खोला बहुउद्देश्यीय ताल निर्माण, बेथानचोक एकिकृत शहरी विकास कार्यक्रमलगायत पूर्वाधार विकासका कार्यक्रम यस नीतिमा समावेश छन् । कृषिलाई आधुनिकिकरण गर्नका लागि पशुमा कृतिम गर्भाधानलाई निशुल्क गरिने भएको छ ।
त्यस्तै, ६० वर्ष पुगेका नागरिकहरुलाई निःशुल्क होल बडी चेकअप गर्ने, बेथानचोकका महिलाहरुले गाउँपालिकाबाहिरका अस्पतालमा गएर सुत्केरी गराउनुपर्ने अवस्था भएमा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने, मधुमेह तथा उच्च रक्तचाप नियन्त्रणका लागि ४० वर्षमाथिका सबै नागरिकहरुको स्वास्थ्य संस्थाबाट स्क्रिनिङ गरी निःशुल्क उपचारको व्यवस्था मिलाइनेलगायत विषय नीति तथा कार्यक्रममा समेटिएका छन् ।
गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटन विकासका लागि एग्रो टुरिजम तथा इको टुरिजमको प्रवद्र्धन गर्ने नीति ल्याएको छ । बेथानचोकका धार्मिक, सांस्कृति तथा ऐतिहासिक वस्तुको संरक्षण तथा प्रवद्र्धनका लागि बेथानचोक म्युजियम स्थापना गर्ने, राष्ट्रिय तथा विदेशी शहरसँग भगिनी सम्बन्ध स्थापनका लागि प्रयास गर्ने, बेथानचोक नारायणस्थान जानका लागि नीजि क्षेत्रको सहकार्यमा केबलकारको विकास गरिनेलगायत कार्यक्रम पर्यटन नीतितर्फ समावेश छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
साउनभित्र २ लाख १० हजार मेट्रिक टन रासायनिक मल आयात हुने
-
यस्तो छ आजका लागि तोकिएको कृषिउपजको थोक मूल्य (सूचीसहित)
-
म्याग्दीलाई पूर्णखोपयुक्त घोषणा
-
घट्यो गीतसङ्गीत निर्माण, चुनौती बन्यो एआई
-
ट्रम्पले गत वर्ष क्रिप्टोकरेन्सीबाट मात्रै कमाए १ अर्ब डलरभन्दा बढी
-
मेक्सिको र इक्वेडरबिचको खेल सुरु, कसले मार्ला बाजी?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण