आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

अमेरिकामा जातीय आधारमा विश्वविद्यालयमा भर्ना गर्न प्रतिबन्ध

शुक्रबार, १५ असार २०८०, ०८ : ४४
शुक्रबार, १५ असार २०८०

बासिंगटन डिसी। अमेरिकाको सर्वोच्च अदालतले एउटा ठुलो फैसला गर्दै विश्वविद्यालयमा जातियताको आधारमा भर्ना गर्ने अभ्यासमा प्रतिबन्ध लगाएको छ । 

यसैबीच राष्ट्रपति बाइडेनले यसबारे आफ्नो प्रतिक्रिया दिएका छन् । उनले जाति र जातीयताको प्रयोगमा प्रतिबन्ध लगाउने अमेरिकी सर्वोच्च अदालतको निर्णयबारे कडा रूपमा असहमति जनाएका छन् । 

प्रधानन्यायाधीशले फैसलामा यस्तो प्रचलन सधैँभरि रहन नसक्ने र यस्तो अभ्यासले अरूमाथि हुने असंवैधानिक भेदभाव हुने जिकिर गरेका छन् । 'विद्यार्थीलाई जातको आधारमा नभई उसको अनुभवका आधारमा व्यवहार गर्नुपर्छ', उनले भने, ‘हाम्रो संवैधानिक इतिहासले यो विकल्प सहन सक्दैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप