ओडिशा रेल दुर्घटना : सीबीआईद्वारा तीन रेल कर्मचारी पक्राउ
नयाँ दिल्ली । ओडिशाको बालासोरमा जुन २ मा भएको रेल दुर्घटनामा सीबीआईले शुक्रबार ३ रेलवे कर्मचारीलाई पक्राउ गरेको छ ।
यसरी पक्राउ परेका तीनै जनालाई आईपीसी धारा ३०४ (हत्या नभएको अपराधी हत्या) अन्तर्गत मुद्दा चलाइएको छ । केन्द्रीय अनुसन्धान एजेन्सीले यस रेल दुर्घटनामा आपराधिक षड्यन्त्रको सम्भावनाको अनुसन्धान गरिरहेको थियो। पक्राउ पर्नेमा रेलवेका सिनियर सेक्शन इन्जिनियर अरुणकुमार महन्तो, सिनियर सेक्शन इन्जिनियर मोहम्मद अमिर खान र प्राविधिक पप्पु कुमार रहेका छन् ।
कानुनको व्याख्या अनुसार धारा ३०४ अन्तर्गतको सजायमा आजीवन कारावास र जरिवाना वा कठोर कैद समावेश छ। यी तीनको लापरबाहीका कारण यति ठुलो दुर्घटना भएको स्रोतको भनाइ छ ।
बालासोरको बहंगा बजार रेलवे स्टेसननजिकै जुन २ मा साँझ ७ बजे कोरोमण्डल एक्सप्रेस स्टेसनमा उभिरहेको मालगाडीसँग ठोक्किएको थियो । बेंगलुरु-हावडा सुपरफास्ट एक्सप्रेस पनि यसको चपेटामा परेका थियो । यो रेल दुर्घटनामा २९२ जनाको मृत्यु भएको थियो भने १००० भन्दा बढी घाइते भएका थिए ।
जुन ३ मा ओडिशा ट्रिपल ट्रेन दुर्घटनाको सम्बन्धमा बालासोरको जीआरपीएसमा एफआईआर दर्ता गरिएको थियो। पछि रेलमन्त्रीले घटनाको सीबीआई जाँचको माग गरे। केन्द्र सरकारको सहमतिपछि सीबीआईले मुद्दालाई आफ्नो हातमा लिएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्व खाद्य सुरक्षा दिवस : भोजमा ३० प्रतिशतभन्दा बढी खाना फालिन्छ
-
सदनको गतिरोध अन्त्यका लागि ५ दिनसम्म भएन पहल
-
किन बारम्बार पार्टनरको फोनमा जान्छ नजर ?
-
मन्त्री फेर्ने विषयमा छलफल गर्न कांग्रेस सुदूरपश्चिम संसदीय दलको बैठक जारी
-
सङ्खुवासभामा विपन्न वर्गका १५ जनाको निःशुल्क शल्यक्रिया
-
बाँकेमा हुलाकी सडक विस्तार हुँदै
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण