मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय
ललिता निवास प्रकरण

सर्वोच्चले सञ्चारसचिव राउतलाई विदेश जानबाट रोक लगायो

शुक्रबार, ०५ साउन २०८०, १६ : ५१
शुक्रबार, ०५ साउन २०८०

काठमाडौँ । सर्वोच्च अदालतले सञ्चारसचिव कृष्णबहादुर राउतलाई विदेश जानबाट रोक लगाएको छ । ललिता निवास प्रकरणमा उनलाई सर्वोच्चले थुनामुक्त गर्न आदेश दिएपनि विदेश जान भने रोक लगाएको हो । 

सर्वोच्चका न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको इजलासले ललितानिवास प्रकरणमा प्रहरी हिरासतमा रहेका राउतका तर्फबाट उषा राउतले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा यस्तो आदेश दिएको हो ।

आदेशमा राउतलाई थुनामै राखेर अनुसन्धान गर्नुपर्नेसम्मको स्थिति नदेखिएकाले तारेखमै राखेर अनुसन्धान गर्न आदेश दिइएको  उल्लेख छ । यद्यपि राउतलाई अनुसनधान गर्ने निकाय र मुद्दा दायर भएपछि सम्बन्धित अदालतको आदेशमा बाहेक देशबाहिर जान भने प्रतिबन्ध लगाइएको आदेशमा उल्लेख गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप