अभागी युवा पुगे है बगरमा
वर्षभरिको अन्न थियो भकारीमा
बुबाले सपना जस्तै गरी बुनेका
डोकाहरू थिए पिँढीमा
आमाले सजाएको तुलसीको मठ
बहिनीले सारेका सयपत्री फूलहरू
थिए आँगनीमा
हाम्रो सपना, आशा, भविष्य
सबै सबै थिए त्यो घरमा
लीला प्रकृतिको मेरो घरमा
क्षणभरमै फेरियो उमङ्ग बगरमा
बाढीले हो, यसै वर्ष
त्यो वैरी बाढीले
मलाई निराशा छोड्यो
आशा लिएर गयो
वर्तमान छोड्यो भविष्य लिएर गयो
त्यो वैरी बाढीले ।
बगैँचा जस्तै सजाएका,
फूल जस्तै जोगाएका
बुनेका सपना अनि
भण्डार गरी आँटीमा थुनेका
रहेनन् यहाँ केही
मलाई भोक छोड्यो
अन्नको भकारी लिएर गयो
मलाई ऋण छोड्यो
थैली आफूले लिएर गयो
हो यसै वर्ष
त्यो वैरी बाढीले, त्यो वैरी बाढीले ।
मेरो सानो घर सायद,
प्रकृतिलाई पनि राम्रो लागेन होला
लग्यो टाढा टाढा, कता कता
बनायो होला बालुवाको महल
त्यो वैरी बाढीले ।
मलाई एक्लै छोड्यो
परिवार लिएर गयो
मलाई क्रियाकर्म छोड्यो
बाबुआमा लिएर गयो
त्यो वैरी बाढीले,
मलाई तिहार र तिज छोड्यो
बहिनि लिएर गयो
रहर,उमंग,उत्साह,पर्व
सबै लिएर गयो
फर्केर कहिल्यै नआउनेगरी
मलाई याद र छटपटी छोड्यो
जोश र जाँगर लिएर गयो
त्यो वैरी बाढीले
त्यो वैरी बाढीले ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण