केन्द्रीय समिति बैठककै बीच शशांकको चियापान
काठमाडाैँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकै बीचमा पूर्वमहामन्त्री तथा केन्द्रीय सदस्य शशांक कोइरालाले चियापान कार्यक्रम आयोजना गरेको छन् । काठमाडौंको लैनचौरस्थित लैनचौर बैंक्युटमा कोइरालाकले चियापान कार्यक्रम गरेका हुन् ।
चियापान कार्यक्रममा केन्द्रीय सदस्य, प्रतिनिधि सभा र राष्ट्रिय सभाका सांसद, बागमती प्रदेश सांसद, काठमाडौंमा उपलब्ध जिल्ला सभापतिसहित कांग्रेस कार्यकर्ताको उपस्थिति रहेको छ ।
शशांक निकटस्थहरु साउन २ गतेदेखि जारी केन्द्रीय कार्यसमितिमा देखिएको मत विभाजनको मिलनका रुपमा चियापान कार्यक्रमलाई अर्थ्याउछन् । उनले भने -'हामी एक भएर जाऔँ । हामीलाई कसैले हराउन सक्दैन । केन्द्रीय समिति बैठकबाट एकताको सन्देश बोकेर जानुपर्छ । तपाईंहरु आइदिनु भयो । सबैलाई धन्यवाद ।'
चियापानमा सभापति शेरबहादुर देउवा, महामन्त्री गगन थापा, नेताहरू प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजय गच्छदार, परराष्ट्रमन्त्री एनपी साउद, मिनेन्द्र रिजाल, विनोद चौधरी लगायतका शीर्षक नेता पनि सहभागी थिए । कार्यक्रममा शेखर कोइराला पनि ढिलो गरि पुगेका थिए ।
देउवाले चिया खान बोलाएकोमा शशांकलाई धन्यवाद दिए पनि थप केही बोलेनन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा अर्घाखाँचीकाे सभापतिमा सीता पराजुली निर्वाचित
-
फिलिपिन्समा शक्तिशाली भूकम्पपछि अन्तर्राष्ट्रिय विमानस्थल बन्द
-
अन्तर व्यवस्थापिका मञ्चमा स्थानीय तहलाई उपेक्षा, पालिकाहरू रुष्ट
-
प्रधानमन्त्रीले आफ्नो अभिव्यक्तिबारे प्रष्टीकरण नदिएसम्म सदन अगाडि बढ्न सक्दैन : कांग्रेस
-
विद्यालयले सहयोग रसिद, वार्षिक सहयोगका नाममा शुल्क असुलिरहेका छन् : ज्ञानेन्द्र शाही
-
उपाधिका लागि नेपालसामु १ सय ८९ रनको लक्ष्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण