कविता : असल साथी
एक असल साथी
जीवनसँगको सम्बन्ध हो
विगतसँग जोडिएको सुन्दर संसार हो
भविष्यका लागि बाटो हो
पूर्णतया यो भौतिक संसारमा गरिएको
एक विवेकपूर्ण निर्णय हो
थोरै तर आफ्नै मनले चयन गरिएको
थुप्रै मन पर्ने किताबमध्ये एक
खास हुनु पर्छ असल साथी ।।१।।
एक असल साथी
बगैँचाको एक सुन्दर फूल जस्तो हो
जसको कुराकानीमा मिठास अनि
जसको सङ्गतले एक्लै ऊसँग हुँदा
सुरक्षित र आन्दित महसुस हुनु पर्छ
बाँच्नका लागि साथी होइन
बाँच्ने आधार हो साथी त
शब्दमा वर्णन गर्न नसकिने
सम्बन्ध असल हुनुपर्छ साथीसँग
सदा प्रगतिमा साथ दिने
सच्चा साथी नै असल साथी हुन्छ ।।२।।
भन्छन् आफ्नो खुसीमा
खुसी हुने साथी नै असल साथी हो
सँच्चा साथीहरू छन् भने
तिमी कहिल्यै दुःखी हुनु पर्दैन
अनि दुःखी हुँदा तिमी एक्लो हुनु पर्दैन ।।३।।
साथीको शब्दकोशमा
तिमी एक्लै हुने
शब्द नै भेटिँदैन सायद
दूरीले टाढा हँुदैन साथी
साथीप्रतिको प्रेम त
केवल सम्झनाले पनि
नजिकै ल्याइदिन्छ ।।४।।
मित्रता सधैँ मिठो जिम्मेवारी हो,
कहिले पनि अवसर होइन ।
साँचो साथीहरू हीरा जस्तै हुन्–
उज्यालो, सुन्दर र मूल्यवान्
संयोगले साथीहरू भेटिन्छन्
छनोटले असल साथीहरू बन्छन्
असल व्यक्तित्व भएका साथीले
एक अर्काको असल सङ्गतले
एकअर्काका परिपूरक भएर
दुवैलाई रूपान्तरण बनाउँछन्
सत्मार्गमा हिँड्ने प्रेरणा दिन्छन्
सुन्दर भविष्यप्रति अग्रसर बनाउँछन् ।।५।।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोजगारी प्रवर्द्धनका क्षेत्रलाई राज्यले प्राथमिकता दिनुपर्छ : माधव नेपाल
-
भारतको जीडीपी ७.७ प्रतिशतले वृद्धि हुने अनुमान
-
एसइई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
स्वास्थ्य मन्त्रालयका सचिव डिल्लीराम शर्माको सरुवा
-
एन्थ्रोपिकका सह–संस्थापकको चेतावनीः एआईलाई ‘ब्रेक पेडल’ चाहिन्छ
-
काठमाडौँमा २७.५ किमी रेलमार्गको डीपीआरका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण