लम्पी स्किनको प्रभाव : कर्णालीमा १७ करोड बढीको आर्थिक क्षति
सुर्खेत । असार मसान्तसम्म कर्णालीमा लम्पी स्किन नामक् रोगबाट ८ हजार ७९३ वटा पशु चौपायाको मृत्यू भएको छ । २ लाख १७ हजार १३४ पशुचौपाया उक्त रोगबाट संक्रमित छन् ।
संक्रमित हुने दर लगातार बढिरहेको छ भने मृत्यूदर ४.०७ प्रतिशत रहेको प्रदेशको भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।
लम्पी स्किनबाट विशेष गरी दैलेख, जाजरकोट, जुम्ला, हुम्ला लगायतका जिल्ला बढी प्रभावित छन् । १० जिल्लामा गरी बाच्छा, बाच्छी १ हजार ४७२, गाई २ हजार २७७, गोरु ४ हजार ७०४, भैँसी २५३, चौँरी १४ को मृत्यू भएको छ ।
पशु चौपायाको संक्रमण र मृत्यूबाट कर्णालीमा १७ करोड ५३ लाख ७६ हजार बराबरको आर्थिक क्षति भएको छ । यो तथ्याङ्क फागुनदेखि असार मसान्तसम्मको हो । ‘गोरु मरेको खण्डमा उसले गर्ने श्रम र त्यसबाट हुने क्षतिलाई पनि हामीले जोडेका हौँ,’ पशुपन्छी विकास निर्देशनालयका प्रमुख कृष्णप्रसाद पंगेनीले भने ।
कर्णाली दूधमा आत्मनिर्भर छ । विशेष गरी सल्यान, सुर्खेत, दैलेख र रुकुम पश्चिममा ठुलो मात्रामा दूध उत्पादन हुने गरेको छ । तर, लम्पी स्किनले दूध उत्पादनमा पनि ठूलो मात्रामा ह्रास आइरहेको निर्देशनालयले जनाएको छ ।
कर्णालीमा फागनु महिना यता लम्पी स्किनको महामारी फैलिएको थियो ।
कुन जिल्लामा कति क्षति ?
_PiPbPp93SS.jpg)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सङ्घ र प्रदेशका सांसदले औपचारिक रूपमै मागे ‘स्वकीय सचिव’
-
लगातार हत्या शृङ्खला : विज्ञ भन्छन्– प्रविधिको दुरुपयोग र नैतिक शिक्षा अभाव
-
गाउँका विभेदकारी नाम परिवर्तन अभियानमा स्थानीय तह
-
सुदूरपश्चिम सरकारमा आफ्ना मन्त्री फेर्न एमाले पनि छलफलमा
-
कार्यव्यवस्था नभएपछि प्रमुख सचेतकहरूको बैठक आह्वान
-
भुक्तानी सेवामा भारतसँग तीन वर्षअघिको सम्झौता कार्यान्वयन, के के हुन्छ सहज ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण