हाँडे गलफुलो आउँदा के गर्ने ?
काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले हाँडे गलफुलो देखिएमा स्वास्थ्य संस्थामा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीद्वारा जारी सूचनामा हाँडे गलफुलो आउँदा अचेत हुनु, धेरै पटक दुख्ने, तारान्तार वान्ता हुने, अण्डकोष सुनिने, कान दुख्ने वा सुनिने, क्षमता कमजोर भई स्वास्थ्यमा नकारात्मक असर पर्ने लगाउन हुनसक्ने उल्लेख गरिएको छ ।
हाँडे गलफुलो रोकथामका लागि बिरामी कम्तिमा ५ दिन घरमै आराम गर्नुपर्छ । यस्तै प्रशस्त पोषिलो आहार र झोलिलो खानेकुरा खानुपर्छ भने संक्रमित व्यक्तिले प्रयोग गरेको भाँडाकुडा तथा कपडा अरुले प्रयोग गर्न हुँदैन ।
यस्तै, खोक्दा हाँच्छिउ गर्दा मुख छोप्नुका साथै मास्कको प्रयोग गर्न मन्त्रालयको सुझाव छ । साबुन पानीले मिचिमिची हात धुने, व्यक्तिगत्त तथा पारिवारिक सरसफाइमा ध्यान दिन पनि सूचनामार्फत सहप्रवक्ता डा. अधिकारीले आग्रह गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
-
आर्थिक र प्राविधिक अभावले करोडौँका डायलासिस मेसिन प्रयोगविहीन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण