शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

चेम्बरले गर्‍यो सञ्चालकले एक वर्षसम्म सेयर बेच्न नपाउने व्यवस्थाको विरोध

आइतबार, १४ साउन २०८०, १६ : ०७
आइतबार, १४ साउन २०८०

काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले सञ्चालकहरुले पदबाट हटेको एक वर्षसम्म आफ्नो स्वामित्वको सेयर बिक्री गर्न नपाउने व्यवस्थाको विरोध गरेको छ । 

धितोपत्र बोर्डले गरेको पछिल्लो व्यवस्थाको विरोध गर्दै चेम्बरले अर्थमन्त्री डा. प्रकाशसरण महतलाई भेटेको हो ।

आइतबार डा. महतलाई ध्यानाकर्षणपत्र बुझाउँदै चेम्बरले धितोपत्र बोर्डको पछिल्लो व्यवस्था अव्यवहारिक र व्यवसायीलाई मर्कामा पार्ने खालको रहेको जनाएको छ । भेटमा चेम्बरले कुनैपनि व्यवसायीले आफ्नो चल सम्पत्ति बिक्री गर्न नपाउने परिस्थितिमा उद्योग व्यवसायको विविधीकरण र विस्तारमा समेत असर गर्ने जनाएको छ ।

अध्यक्ष राजेन्द्र मल्लले उक्त पछिल्लो व्यवस्थाले समस्या आउने भएकाले सच्याउनका लागि आवश्यक पहल गर्न अनुरोध गरेका छन् । बोर्डको निर्णयले व्यवसायीहरुलाई मर्कामा पार्ने अध्यक्ष मल्लको भनाई छ । चेम्बरको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री डा. महतले चेम्बरले गराएको ध्यानाकर्षण प्रति आफू सकारात्मक रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप