काठमाडौँको मुख्य सडकमै ढल बग्छ, व्यवस्थापनमा ध्यान दिऔँ : सांसदहरू
काठमाडौँ । सांसदहरूले काठमाडौँ उपत्यकाका मुख्य सडकहरूमा नै ढल बग्ने समस्याको व्यवस्थापन हुनुपर्ने बताएका छन् । मंगलबार पूर्वाधार विकास समितिको बैठकमा बोल्दै सांसदहरूले काठमाडौँ उपत्यकाका मुख्य सडकहरूमा ढल व्यवस्थापनको चुनौती रहेको बताएका हुन् ।
उनीहरूले मुख्य सडकमा नै खोला र ढलहरू जोडिएको साना बालबालिकाहरू बगाउने समस्या सिर्जना भइरहेको बताए । साउन ७ गते काठमाडौँको रानीवनस्थित सामाखुसी खोलामा आएको बाढीले बगाउँदा बेपत्ता भएका विधान आलेमगर बेपत्ता भएको घटनालाई लिएर सांसदहरूले फेरि यस्ता घटना हुन नदिन सचेत गराए ।
बैठकमा बोल्दै नेपाली काँग्रेसकी सांसद प्रतिमा गौतमले भारी वर्षा हुने बित्तिकै काठमाडौँका सडकहरूमा जाम हुने, अस्तव्यस्त हुने र सडकमा नै खोला बग्ने अवस्थाको अन्त्य गर्न जरुरी रहेको बताइन् ।
समितिको बैठकमा बोल्दै नेकपा एमालेका सांसद ठाकुरप्रसाद गैरेले काठमाडौँका सडक छेउमा बहने नदीहरूमा तत्काल ढल गाडेर सुरक्षित गर्नुपर्ने जिकिर गरे । उनले काठमाडौँका यस्ता समस्याहरूको दीर्घकालीन व्यवस्थापनका बारेमा सोच्न जरुरी रहेको बताए ।
समितिको बैठकमा बोल्दै जनता समाजवादी पार्टी, नेपालकी सांसद सुशीला श्रेष्ठले पानी पर्नु भन्दाअघि एक पटक ढलको मंगालहरु सफा गर्नुपर्ने अभियान चलाउन आवश्यक रहेको बताउनु भयो । उहाँले सडक निर्माणमा दीर्घकालीन योजना बन्न नसकेको बताइन् ।
समितिको बैठकमा बोल्दै नेपाली काँग्रेसका सांसद ऐनबहादुर शाही ठकुरीले सामाखुसीको बाढीमा परी बेपत्ता भएका बालकको खोजी कार्य तीव्र बनाउनुपर्ने बताए । उनले आगामी दिनमा यस किसिमका घटना हुन नदिन विपद् पूर्वतयारी गर्नुपर्ने उनको भनाई छ । उनले काठमाडौँको ढल व्यवस्थापनमा विशेष जोड दिनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलवायु र प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान
-
मानवअधिकार आयोगको प्रतिवेदनविरुद्ध एमाले अदालत जाने
-
परराष्ट्रमन्त्री शिशिर खनाल भारत प्रस्थान
-
दुग्धजन्य पदार्थ बिक्रीबाट ६ करोड सङ्कलन
-
१४ सय दर्शकले हेरे उत्कृष्ट घोषित ६ चिनियाँ फिल्म
-
६ महिनाभित्र निर्वाचन सम्पन्न हुनु चानचुने कुरा होइन : कार्यवाहक प्रमुख आयुक्त भण्डारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण