बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

दुई बालिकालाई करणी गरेको आरोपमा युवक पक्राउ

बिहीबार, १८ साउन २०८०, १३ : २२
बिहीबार, १८ साउन २०८०

बुटवल । पाल्पामा एकैरात दुई बालिकामाथि करणी गरेको आरोपमा एक युवकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा तानसेन नगरपालिका–४ पाँडेखर्क बस्ने २२ वर्षीय विशाल ठडराई रहेको प्रहरीले जनाएको छ ।

आरोपित ठडराईले गएको आइतबार राति ११ वर्षीया बालिकालाई जबर्जस्ती करणीको प्रयास गरेको प्रहरीको भनाइ छ । उनले तानसेनकै अर्की १३ वर्षीया बालिकालाई पनि करणी प्रयास गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रवक्ता प्रहरी नायव उपरीक्षक वीरेन्द्र थापाले पीडितको जाहेरीको आधारमा आरोपित युवालाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाइएको जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप