आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

आँखा पाक्ने सङ्क्रमण फैलिएपछि भरतपुरका विद्यालय ५ दिनका लागि बन्द

आइतबार, २१ साउन २०८०, १६ : ५०
आइतबार, २१ साउन २०८०

चितवन । आँखा पाक्ने रोगको सङ्क्रमण फैलिएपछि भरतपुर महानगरपालिकाका विद्यालयहरू ५ दिनका लागि बन्द गरिने भएको छ । भरतपुर महानगरपालिकाले आइतबार एक सूचना जारी गर्दै सङ्क्रमण फैलिएकाले विद्यालय ५ दिनका लागि बन्द गर्ने निर्णय भएको जानकारी दिएको हो । 

जसअनुसार भरतपुरका सामुदायिक तथा संस्थागत विद्यालयहरू, प्रारम्भिक बाल शिक्षा, बाल विकास केन्द्रहरू तथा मन्टेस्वरीहरु बन्द हुनेछन् । विद्यालयमा एडिनो भाइरसको सङ्क्रमण फैलँदै गएकोले बन्द गर्नु परेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले हिउँदे र वर्षे बिदाबाट मिलान गर्ने गरी साउन २२ गते सोमबारबाट २६ गतेसम्म सबै विद्यालय बन्द गर्न सूचनामा भनिएको छ ।

‘केही दिन देखि सङ्क्रमणको रूपमा देखिएको आँखा पाक्ने रोग (एडिनो भाइरस) को सङ्क्रमण चितवनमा पनि वृद्धि हुँदै गएको र विद्यालयमा समेत सङ्क्रमणको असर बढ्दै गएको पाइएको हुँदा विशेषज्ञको परामर्श समेतका आधारमा ५ दिन हिउँदे वा वर्षे बिदाबाट मिलान गर्ने गरी विद्यालयका कुनै पनि शैक्षिक गतिविधि नगर्ने गरी विद्यालय बिदा गर्ने निर्णय भएको ब्यहोरा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप